हरेक राजनीतिमा सुकुम्बासी प्रयोग हुँदै आए । पञ्चायतकालदेखि बहुदल हुँदै गणतन्त्रमा २०८२ को आम निर्वाचनसम्म सुकुम्बासी भोट बैंकको रुपमा प्रयोग भएका दृष्टान्त छन । कहिल दिपक बोहोरा, कमल थापाका पक्षमा उत्रिए त कहिले एमाले, कांग्रेस र माओवादीको पक्षमा उत्रिए र अहिले रास्वपाका पक्षमा पनि उनीहरु उत्रिएकै हुन तर फरक यति हो तिनै सुकुम्बासीका युवा जमातलाई रास्वपाले गुण्डाको रुपमा प्रयोग गरेनन तर अरु सबैले उनीहरुलाई गुण्डाको रुपमा लडाकु दस्ता झै बनाएकै थिए । त्यही सत्तामा पुग्ने भ¥याङ बनेका र सत्तामा रहँदा पनि नेताको संरक्षणमा खरो उत्रिने भएकाले सत्ताको आडमा लालचको भरमा उनीहरुलाई सँधै सुकुम्बासी बनाउँदै आएकै हुन । सोही सन्दर्भमा रातोपाटी डटकममा डा. विजयकुमार पौडेलले आफ्नो अनुभव र अनुभूतिसहितका विषय पस्केका छन् । त्यसको सानो प्रसँग पढ्नुस त ।के सुकुमबासीहरू सदैव कम्युनिस्ट पार्टीका भोट बैंक थिए ? बिलकुलै थिएनन्। पञ्चायती शासनकालमा अधिकांश सुकुमबासी बस्तीहरू दीपक बोहरा, निरञ्जन थापा, हेमबहादुर मल्ल र कमल थापाजस्ताका भोट बैंक थिए । दीपक बोहरा र शेरबहादुर मल्ल मरेर गइसक्नु भयो । अहिले आएर वहाँहरूलाई पञ्चायती व्यवस्थाका गुन्डा भन्दा सम्बन्धित परिवारजनमा नराम्रो लाग्ला । कमल थापाजी र निरञ्जन थापाजी व्यक्तिगतरुपमा मृदुभाषी हुनुहुन्छ । वहाँहरूलाई पनि अहिले आएर पञ्चायती गुन्डा भन्दा मन दुख्ला नै । तर हामी रुपन्देही, मकवानपुर र धनुषाका वासिन्दाले निजहरुबाट के–कस्तो हुर्मत बेहोरेका थियौँ भन्ने कुरा बयान गरी साध्य छैन । यो पङ्क्तिकार र बुटवलका बलबहादुर आचार्य बुटवल क्याम्पसमा बिना कारण मण्डले गुन्डाहरूबाट मरणासन्न हुनेगरी कुटिएका थियौँ । ती गुन्डा महानुभावहरूले हामीलाई कुट्दै गर्दा भन्थे– “हामीहरू दीपक बोहरा र निरञ्जन दाइका मान्छे हौँ बुझिस् १” यो पङ्क्तिकार र बुटवलका बलबहादुर आचार्य बुटवल क्याम्पसमा बिना कारण मण्डले गुन्डाहरूबाट मरणासन्न हुनेगरी कुटिएका थियौँ । ती गुन्डा महानुभावहरूले हामीलाई कुट्दै गर्दा भन्थे– “हामीहरू दीपक बोहरा र निरञ्जन दाइका मान्छे हौँ बुझिस् १”दीपक–निरञ्जनको टोलीले परिचालित गरेका गुन्डाहरूको अगुवाइमा सुकुमबासीहरूको ठुलो समूहले रुपन्देहीको सूर्यपुरामा भइरहेको नेपाली कांग्रेसको बैठकमा आक्रमण गरेको थियो । रुपन्देहीका सुकुमबासीहरूको भोटले नै दीपक र निरञ्जनहरू चुनाव जित्थे, बुथ कब्जा गर्थे । सुकुमबासीहरूका बिचमा कम्युनिस्ट र कांग्रेस पार्टीका पनि संगठन थिए तर ती संगठन बेलाबेलामा दीपक, निरञ्जन, कमल थापा इत्यादिबाटै परिचालित हुन्थे । उही हालत मकवानपुर र धनुषामा थियो । भूमिगत पार्टीका बैठकहरूमा आफैँले बनाएका सुकुमबासी नेताहरूको दोहोरो चरित्रका बारेमा तिक्ततापूर्ण बहसहरू हुन्थे । वि।सं।२०३७ साल वैशाख २० गते सम्पन्न जनमत सङ्ग्रहमा पञ्चायत पक्षलाई जिताउनका लागि व्यापक बन फडानी गरी रातारात बस्ती बसालियो र सबै सुकुमबासीहरूका घरमा पहेँलो झन्डा गाडियो । कतै थोरै जमिन भएका कारणले बाँच्न धौधौ भएकाहरू वा जमिन नभएका पूर्णरुपमा भूमिहिनहरु पञ्चायती प्रशासनले खुला छुट दिएका कारणले जङ्गल फडानी गरी बसे । वि।सं। २०४२ साल फागुन २० गतेको कुरा हो, रुपन्देहीको खैरेनी बजारबाट अलिकति दक्षिणमा सुरजपुरा भन्ने बस्ती छ । त्यहाँ नेपाली कांग्रेसका नेता पुष्पानन्द गिरीजीको घर थियो । त्यही घरमा नेपाली कांग्रेसका नेताहरू गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा लगायतका नेताहरूको उपस्थितिमा बैठक भइरहेको थियो । त्यस बैठकमा भाग लिने तत्कालिन विद्यार्थी नेता चन्द्र भण्डारी पनि हुनुहुन्थ्यो । बैठक चल्दाचल्दै दीपक बोहराहरूबाट परिचालित सुकुमबासी बस्तीका युवाहरूले चारैतिरबाट घेरा हाले । बन्चरो प्रहारबाट यादवनाथ आलोक र रामप्रसाद चौधरी गम्भीर घाइते हुनुभयो । बैठक भइरहेको घरमा आगो लगाइयो ।घरधनीसँग लाइसेन्सवाला बन्दुक थियो । गिरिजा कोइरालाले ‘अब बाँच्नु त पर्यो, ए साथी हो यी गुन्डाहरूलाई गोली ठोक्नुस् १’ भन्दै जोडले चिच्याएपछि आक्रमणकारीहरू अलि पर भागे । त्यसपछि कांग्रेसी नेताहरूले भाग्ने मौका पाए नत्र ज्युँदै जलाउने प्रपञ्च गरिएको थियो । चन्द्र भण्डारीले यो लेख लेख्दै गर्दा स्मरण गराउनु भए अनुसार शेरबहादुर देउवाको ओठ खुकुरी प्रहारबाट काटियो । २२ गते लुम्बिनी अञ्चल अस्पतालमा यादवनाथ आलोकको मृत्यु भयो । घाइते रामप्रसाद चौधरी उपचारपछि घर फर्किनु भएको थियो, वहाँलाई गुन्डाहरूले गोली हानेर मारे ।त्यस घटनाको विरोधमा त्यतिखेरका हामी विद्यार्थीहरुले जुलुस निकालेर प्रतिवाद गरेका थियौँ । के सुरजपुरा काण्डमा रुपन्देहीका सबै सोझा सिधा सुकुमबासी आएका थिए रु के त्यहाँ आक्रमण गर्नेहरू सबै पेशेवर अपराधी थिए रु थिएनन् । उनीहरूलाई ‘कांग्रेस र कम्युनिस्टहरूले तिमीहरूलाई लालपुर्जा दिन दिँदैनन् । यिनीहरूलाई लखेट्ने हो भने तुरुन्तै लालपुर्जा पाइन्छ’ भनेर भड्काएर लगिएको थियो । आक्रमण गर्ने अग्रपङ्क्तिमा पञ्चायती सरकारले पालेका मण्डले गुन्डा हुन्थे, पछाडि हुल देखाउन सुकुमबासी बस्तीका युवाहरू परिचालित गरिन्थे । पार्टीहरू भूमिगत थिए । खुला गतिविधि गर्ने विद्यार्थीहरूलाई कुटाउन सुकुमबासीहरू परिचालित गरिन्थे । वि।सं। २०४६ पछि माओवादी विद्रोह नहुन्जेल सुकुमबासी बस्तीहरू अवश्य पनि नेकपा ९एमाले०का भोट बैंक बने । माओवादी विद्रोहपछि अधिकांश सुकुमबासी बस्तीका युवाहरू त्यतै लागे । २०८२ सालमा सम्पन्न संसदीय चुनावमा अधिकांश सुकुमबासीहरू रास्वपाका भोट बैंक बने, जुन कुरा २०८३ साल वैशाख १२ गते काठमाडौँमा उठीबासमा परेकाहरूले रुँदै रुँदै बताए । सुकुमबासी बस्तीमा डोजर चल्नु अघि घरघरमा घण्टी छाप झन्डा झुण्ड्याइएकै थिए । अहिले सुकुमबासी बस्ती बिना योजना उजाडेर वा अलि पहिलेदेखि नै आप्रवासी श्रमिकहरूका ठेला खोसेर सहर छोड्न बाध्य पार्नेहरूले कम्युनिस्ट पार्टीको भोट बैंक लखेटेका होइनन्, गत चुनावमा आफूलाई अत्यधिक मत दिने आफ्नै भोट बैंकलाई लखेटेका हुन्। आज रुँदै रुँदै आफ्नो वासस्थान चुपचाप छाड्नेहरूका तस्बिर साझा गर्दै रमाउने ठालुहरूको आशय प्रस्ट छ– देश गरिबहरूको होइन, यिनलाई लखेटेर मात्रै सहर सुन्दर बनाउन सकिन्छ । ठालु सत्ताको चाल नबुझेर खुसी मनाउने केही अरू मानिसहरू छन् जो विगतका आफ्नै पार्टीका नालायकीबाट सिर्जित कुण्ठा र हतासाका कारण गरिबहरूको उठीबासमा खुसी व्यक्त गरिरहेका छन्। किन सुकुमबासी बन्न बाध्य बनेकाहरू कहिले कसको त कहिले कसको भोट बैंक बन्ने गरेका छन्रु यसको एउटै उत्तर हो– कसो गर्दा बाँच्न पाइन्छ, कसलाई पत्याउँदा बासको ठेगान हुन्छ भन्ने खोजी र विश्वासमा सुकुमबासीहरू विभिन्न सत्ताका गोटी बन्ने गरेका छन्।
खगेन्द्र कार्की
१३ बैशाख २०८३, अाईतबार ०१:४० मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो