यहि पर्वको पावन अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरुले सद्भाव, शान्ति र समृद्धिको कामना गरेर शुभकामना व्यक्त गरेका छन् ।
अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर क्रिश्चियन धर्मालम्बीले क्रिसमस पर्व मनाउँदै आएका छन्।
जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास छ। येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास समेत गरिन्छ।
आजको दिनलाई ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टलाई सम्झने गरिन्छ। क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्ने गरिन्छ।
यहि पर्वको पावन अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरुले सद्भाव, शान्ति र समृद्धिको कामना गरेर शुभकामना व्यक्त गरेका छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो