अरुण गाउँपालिका भोजपुरद्वारा पहिरो अवलोकन पछि अवरोध हटाउन दुई अध्यक्षबीच सहमति

फाष्ट मिडिया नेपाल संवाददाता

प्याउली (भोजपुर) । अरूण गाउँपालिकाले पहिरोका कारण अवरोध भएका बाटाहरुको अवलोकनसहित अवरोध हटाउन षडानन्द नगरपालिकाका अध्यक्ष सुरेन्द्र उदाससँग सहमति भएको छ । 

गाउँपालिका अध्यक्ष शालिकग्राम खत्रीको नेतृत्वमा गएको टोलीले बञ्चरेडाँडा देखी षडानन्द नगरपालिकाको झ्याउँपोखरी साम्पाङ जोडिएको सडकको कुटाङ छेउमा सडकको माथिल्लो भागबाट पहिरोखसि सडक अबरूद्द भएको ठाउँको अवलोकन गरेको हो । गाउँपालिका अध्क्ष खत्रीसहि वडा नं ६ का वडाध्यक्ष श्री गणेश कुमार राई, पालिकाका प्राबिधिक र कर्मचारीहरूसमेत गई स्थलगत अवलोकन गरिएको अध्यक्ष खत्रीले जानकारी दिए ।

अवलोकन पश्चात अध्यक्ष खत्रीले अब बर्षाको समय सकिदै गएको र झरी पर्ने सम्भावना पनि कम भएकोले उक्त स्थानको पहिरो तुरून्त हटाउने साथै बिग्रिएको अन्य ठाउमा (यागुवा खोला पारी को भाग)मर्मत गरि बस सन्चालन गर्न षडानन्द नगरपालिकाका नगर प्रमुख उदाससंग समेत कुरा भईसकेकोले चाडै बस सेवा सन्चालन हुने जानकारी अध्यक्ष खत्रीले गराए । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया