काठमाडौं । भोलिदेखि सुरु हुने टी–२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि अर्ना बियरले नगद पुरस्कार घोषणा गरेको छ ।
कम्पनीले टी–२० विश्वकप छनोटमा खेलाडीले देखाएको खेल कौसल वा प्रर्दशनका आधारमा उक्त पुरस्कार दिने निर्णयसहित पुरस्कार घोषणा गरेको हो । कम्पनीका अनुसार नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।
त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
टी–२० विश्वकपको एसिया छनोट सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । नेपालले पहिलो खेल सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्ने छ । अर्ना बियरले गत भदौमा भएको एसिया कप क्रिकेटमा चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार दिएको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो