काठमाडौं । २०७२ वैशाख १२ को विनासकारी भुकम्पपछि आएका हजारौं साना साना पराकम्पनले ठूलो भुकम्पको जोखिम कम नहुने एक कार्यक्रममा सहभागीले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत उपस्थित रहेको बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा सो कुरा बताइएको हो ।
पछिल्ला वर्षहरुमा नेपालको पश्चिम क्षेत्र (मर्स्याङ्दी नदीदेखि सुदूरपश्चिमसम्म) मा ठूलो भूकम्प नगएकोले त्यहाँ भूकम्पको जोखिम बढी रहेको तर्क भूकम्पविदहरुले गर्दै आएका छन् । खासगरी २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्प गएपछि नेपालको पश्चिम क्षेत्रमा भूकम्पको जोखिम बढी रहेको बताइँदै आइएको छ ।
नेपालको पश्चिम क्षेत्रमा स–साना र मध्यम खालका भूकम्प गइरहेका छन् । यस्ता भूकम्पले ठूला भूकम्पको जोखिम कम गर्ने अन्य देशमा देखिए पनि नेपालमा भने अध्ययने त्यस्तो देखाएको छैन ।
“नेपालमा गरिएको हाम्रो अध्ययनले स–साना र मध्यम खालका भूकम्प जाँदैमा ठूलो भूकम्पको जोखिम नघट्ने देखाउँछ,” वरिष्ठ भूकम्पवीद अधिकारीले भने ।
अधिकारीका अनुसार ६ म्याग्निच्युडको भूकम्पभन्दा ८ म्याग्निच्युडको भूकम्पले रिलिज गर्ने इनर्जी एक हजार गुना बढी हुन्छ । अर्थात् जहाँ ८ म्याग्निच्युडको भूकम्प जाने जोखिम छ त्यो जोखिम कम हुनको लागि एकहजार वटा ६ म्याग्निच्युडको भूकम्प जानुपर्ने हुन्छ ।
नेपालको पश्चिम क्षेत्रमा पछिल्ला वर्षहरुमा ६ म्याग्निच्युडभन्दा बढीका भूकम्प निकै सानो संख्यामा मात्र गएका छन् । त्यसैले यसले ठूलो भूकम्पको जोखिम नघटेको वरिष्ठ भूकम्पविद् अधिकारीको दाबी छ ।
अधिकारीका अनुसार नेपालको पश्चिम क्षेत्रमा ८ ग्याग्निच्युड भूकम्पको जोखिम कम गर्न ३२ हजार वटा ५ म्याग्निच्युडको भूकम्प जानुपर्ने हुन्छ । यस्तै ८ म्याग्निच्युड भूकम्पको जोखिम कम हुन ७ म्याग्निच्यूडका ३२ वटा भूकम्प जानुपर्ने हुन्छ ।
“पाँच सय वर्ष ठूलो भूकम्प नगएका कारण छिट्टै ठूलो भूकम्प जान्छ नै भन्ने छैन । अझै पाँच सय वर्ष ठूलो भूकम्प नजान पनि सक्छ । तर यस्तो हुँदा ठूलो भूकम्प जाने इनर्जी भने सञ्चित भइरहेको हुन्छ, जुन यति नै बेला रिलिज हुन्छ भन्ने भन्न सकिँदैन,” वरिष्ठ भूकम्पविद् अधिकारीले भने ।- बाह्रखरीबाट
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो