इतिहास रच्दै नेपाली क्रिकेट : एसियन गेम अन्तर्गत मंगोलिया विरुद्धको खेलमा फराकिलो जित, रेकडै रेकर्ड कायम

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो ।

यसअघि चेक गणतन्त्रले टर्कीमाथि २५७ रनको जित हात पारेर रन अन्तरको हिसाबमा सबैभन्दा फराकिलो जितको विश्व कीर्तिमान बनाएको थियो ।

नेपालले पहिलो ब्याटिङ गर्दै ३१५ रनको लक्ष्य दिएकोमा मंगोलिया १३।१ ओभरमा ४१ रनमै अलआउट भयो ।  नेपालका लागि करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेले २–२ विकेट लिए । मंगोलियाका एक ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन जोड्न सके ।

रेकर्ड नै रेकर्ड 

नेट रन रेटः १३.६५

T20 क्रीकेट इतिहासमा ४ बिश्व कीर्तिमान नेपाल र नेपाली खेलाडीको नाम मा स्

१० फास्टेस्ट हन्ड्रेड कुशल मल्ल ३४ बल ।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा भारतका कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड भिलर र चेक रिपब्लिकनका सुदेश विक्रमसेखरले समान ३५ बलमा शतक बनाएका थिए ।

२० फास्टेस्ट फिफ्टी दिपेन्द्र सिङ ऎरी ९ बल ।

९यसअघि, भारतका ब्याट्सम्यान युवराज सिंहले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा सबैभन्दा चाँडो अर्धशतक बनाएका थिए ।०

३० सर्वाधिक स्कोर ३१४ रन ।

अफगानिस्तानले सन् २०१९ को फेब्रुअरी २३ मा खेलिएको आयरल्यान्डविरुद्धको खेलमा तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो ।०

४० सर्वाधिक रन अन्तर २७३ रन ले बिजयी 

टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो ।


खगेन्द्र कार्की
प्रतिक्रिया