खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालित हेल्लो डाक्टरका लागि आवश्यक कर्मचारीको व्यवस्थापनमा लागेको छ । आ.व.२०८०÷०८१ को नीति तथा कार्यक्रम र बार्षिक बजेटमा समाबेश गरि संचालनमा आएको सो कार्यक्रमका लागि कर्मचारी थप गरि ६ जना स्वास्थ्यकर्मीहरुको कार्यक्षेत्र निर्धारण सहित कार्य बिभाजन गरेको छ।
गत २०८० भाद्र १ गते देखि संचालित हेल्लो डाक्टर कार्यक्रम मार्फत दिर्घ रोगी तथा अन्यको स्वास्थ्य परीक्षण, आकस्मिक स्वास्थ्य समस्या देखिएमा चौबीसै घण्टा घर घरमा पुगेर स्वास्थ्य सेवा र निशुल्क औषधि वितरण गरेपछी लोकप्रिय कार्यक्रम भन्दै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको चौतर्फी प्रसंशा भई रहेको छ।
प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न भन्दै गाउँपालिकाले हेल्लो डाक्टर कार्यक्रमका स्वास्थ्यकर्मीहरुको कार्य क्षेत्र निर्धारण गरि कार्य बिभाजन गरेको छ। जस अनुसार रमेश कुमार यादव हेल्थ असिष्टेन्टलाई वडा नं. ३ छोरम्बु र वडा नं. ४ बतासे, गोविन कटुवाल अहेबलाई वडा नं. ५ स. छितापोखरी र वडा नं. ६ छितापोखरीको माथिल्लो भाग, कैलाश खत्री अहेब वडा नं. १ याम्खा र वडा नं. ७ टेम्मा, अहेब सुरेश प्रधान, शुशिला राई, बलराम मगरलाई गाउँपालिकाबाट आबश्यकता अनुसार समन्वय गरि सेवा प्रवाह गर्ने गरि कार्य बिभाजन गरिएको छ। यस अघि कार्यक्षेत्र निर्धारण नगरी गाउँपालिका भर ३ जना स्वास्थ्यकर्मी नियुक्ति गरि सेवा प्रवाह गरिदै आइएको थियो।
कार्यक्रमलाई अझ ब्यबस्थित र प्रवाभकारी बनाई गाउँपालिकाबासी नागरिकहरुलाई घर(घरमा पुगेर छिटो, छरितो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मी थप गरि कार्य क्षेत्र निर्धारण तथा कार्य बिभाजन गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउँछन् ।
साथै हेल्लो डाक्टर कार्यक्रम घर(घरमा पुगेर रेफर गरिएको बिरामीहरुलाई गाउँपालिका स्तरीय डाक्टर सहितको अस्पतालमा उपचार गरिने र त्यहाँ सम्भव नभए अन्यत्र रेफर गर्ने योजनाका साथ डाक्टर, स्टाफ नर्स र ल्याव असिस्टेन्टको बिज्ञापन समेत गरि सकिएको अध्यक्ष राईले जानकारी गराए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो