काठमाडौं । सोमबार नयाँ बानेश्वरस्थित होटल एभरेष्ट अगाडि स्थानीय तहका कर्मचारी र प्रहरीबीच घम्साघम्सी भयो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री बताउँछन् । त्यसक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कर्मचारीमाथि लाठी चार्ज गर्यो । प्रहरी केही संयमित देखियो भने सशस्त्र प्रहरीले कर्मचारीमाथि निर्मम देखिइरहेको थियो । त्यहीबीच नेपाल प्रहरीका डीएसपी रोशन खड्काले प्रहरीलाई लाठी नहान्न निर्देशन दिइरहेका थिए ।
उनको निर्देशन सशस्त्र प्रहरीका अधिकारीले टेरेनन् । त्यसपछि सशस्त्र प्रहरीका अधिकारीको उनले कठालो समाते । विवाद हुने देखिएपछि अन्य अधिकारीहरुले छुट्ट्याए ।डीएसपी खड्का त्यतिमा रोकिएनन्, उनले प्रहरीका आफ्नै कर्मचारीलाई पनि थर्काउँदै लाठी नहान्न निर्देशन दिए ।संघीय निजामती सेवा विधेयकमा आफूहरुको माग समेटिदिन भन्दै उनीहरु १५ असोजदेखि आन्दोलनरत् छन् । उनीहरुको प्रदर्शन मंगलबार पनि जारी छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो