फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौं । देशकै सबैभन्दा ठूला सहरमा रहेका बन्दीगृह तथा सुधार गृहहरु असुरक्षित छन् । धेरै कुराको असुरक्षाका बाबजुद सञ्चालनमा रहेका ति सुधार गृह वा बन्दी गृहमा जीवन कटाइरहेकाहरु बिरामी परेभने झन ठूलो असुरक्षा देखिन्छ । पछिल्लो समयमा भक्तपुरको एक सुधार गृहमा विभिन्न सजाय भोगी रहेका बालबालिका मध्ये रामेछापका १८ वर्षीय कमल बस्नेत जर्वजस्ती करणीमा दोषी ठहर भई उनी २०७५ दे िख उक्त सुधार गृहमा सुधारित बसेका थिए तर उपचारकै अभावमा उनको ज्यान नै सकियो । उनलाई जिल्ला अदालत रामेछापले पुर्पक्षमा थुनामा पठाएको थियो । उनको निधन भएपछि त्यहाँबाट १५० बालबालिका ढोका फोडेर फरार भए पनि १२४ पुनः नियन्त्रणमा आए भने २६ जना फरार छन् ।
विभिन्न अपराधमा दोषि ठहरिएका उमेरले १८ वर्ष नकटेका नाबालिगहरुलाई सजाय भुक्तानीका लागि सुधारगृह राख्ने गरिएको छ । भक्तपुर सुधारगृहमा २९७ बालबालिका रहेकोमा ४३ जना बालिका थिए ।
उनीहरुको रेखदेखका लागि सिभिल प्रहरी खटिएका छन्, त्यो पनि थोरै संख्यामा । नाबालिगहरुलाई मात्र राखिने सुधारगृहभित्र प्रहरीले बल प्रयोग गर्नुपर्ने कल्पना नभएकाले खासै सुरक्षामा कडाइ पनि गरिएको हुँदैन ।
भक्तपुर सुधारगृहमा राखिएका एक कैदीको हिजो उपचारका क्रममा अस्पतालमा निधन भएपश्चात यहाँ तनाव सुरु भएको हो । आफन्तहरुले आज बिहानदेखि नै भीडभाड गरिरहेका थिए । भित्र रहेका कैदीहरु पनि उत्तेजित भएपछि त्यहाँ रहेका हतियारविहीन सुरक्षाकर्मीले स्थिति सम्हाल्न सकेनन् । गेटको ताल्चा फुटाएर कैदीहरु भागे ।
प्रहरी स्रोत भन्छ, ‘सामान्यतया बालबालिकामाथि बल प्रयोग गर्न नमिल्ने भएकाले उनीहरुलाई भाग्न सजिलो भयो । भागिसकेपछि मात्रै हतियारधारी सुरक्षाकर्मीहरु बोलाइएको हो ।’
कमल दिर्घरोगी थिए । केही दिनदेखि उनको आँखामा समस्या देखिएको थियो भने बायाँ खुट्टामा खटिरा आएर ज्वरो पनि आइरहेको थियो । दुई दिनअघि मात्रै उनले नेपाली सेनामा कार्यरत दाइसँग फोनमा लामै कुराकानी गरेका थिए । भाई बिरामी भएको खवर पाएपछि दाई भेट्न आउने तयारीमा पनि थिए । तर शनिबार साँझ कमललाई एक्कासी उच्च ज्वरो आयो । त्यस राति उनलाई सामान्य औषधि खुवाएर सुताइएको थियो ।
तर, आइतबार बिहान भने उनी सुधार गृहकै बेडमा अचेत अवस्थामा फेला परे । तत्कालै उनलाई भक्तपुरमा रहेको नागरिक अस्पतालमा पुर्याइयो । उपचारका क्रममा आइतबार बिहान साढे ७ बजेतिर उनको मृत्यु भयो ।
मृत्युपछि परिवारले र आफ्न्तले कमलमाथि सुधार गृहभित्र कुटपिट भएको, उनीमाथी भेदभाव तथा शोषण भएको र सिकिस्त बिरामी पर्दा पनि उपचार समयमा नभएको आरोप लगाएका छन् । शवको पोष्टमार्टम गर्न नदिएको छैन । विवाद सृजना भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा आइतबार नै सात दिनको समयसिमा दिएर छानविन समिति गठन गरेको छ ।
समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ९डीएसपी० बसन्त पाठक, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका शाखा अधिकृत करुणा अधिकारी रहेका छन् भने समितिका सदस्य सचिव जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत अशोककुमार पोखरेल रहेका छन् ।
निरौलाका अनुसार समितिले अनुसन्धानको काम अघि बढाइसकेको भए पनि धेरै कुरा पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ । पोष्टमार्टम नभएकै कारण समितिले थप अनुसन्धान कार्यलाई अघि बढाउन नसकेको निरौलाको भनाइ छ । उनका अनुसार अहिले पनि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बैठक बसिरहेको छ । पोष्टमार्टम गर्ने विषयमा मृतक बालकका परिवार र आफन्तसँग छलफल भइरहेको छ । मृतक बस्नेतको शव भक्तपुरकै केएमसी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । – नेपाल प्रेसको सहयोगमा
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो