इटहरी । चौथो बराहक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगिता पहिलो दिनदेखि नै प्रतिस्पर्धात्मक बनेको छ। उद्घाटन खेलमा वडा नम्बर १० ले वडा नम्बर ११ लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
बराहक्षेत्र नगरपालिका–७ स्थित श्री बसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा आजदेखि प्रतियोगिता औपचारिक रूपमा सुरु भएको हो। उद्घाटन समारोहमा बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुभारम्भ गरेका थिए।
आज भएको खेलमा वडा नम्बर १० ले उत्कृष्ट प्रदर्शन गर्दै स्पष्ट जित हात पारेको हो। पराजयसँगै वडा नम्बर ११ भने प्रतियोगिताको नकआउट चरणबाट नै बाहिरिएको छ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर १० का बिपिन कार्की ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।
बैशाख २५ गते सम्म हुने प्रतियोगितामा विभिन्न वडाका टिमहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। खेलकुदमार्फत युवाहरूमा ऊर्जा, अनुशासन र सहकार्यको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो