इटहरी । राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वीखण्ड निर्माणले गति लिएको छ । यस राजमार्ग अन्तर्गत पर्ने २५ ओट पुल निर्माण भई सकेका छन् । झापा, मोरङ र सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये हालसम्म २५ वटा निर्माण सम्पन्न भइसकेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ ।
कार्यालय प्रमुख कर्ण केसीका अनुसार झापाको बाहुनडाँगीबाट सुनसरीको चतरासम्मको १३१ किलोमिटर सडकमा पर्ने २५ वटा पुल निर्माण भएका हुन् । निर्माण सम्पन्न भएका पुलको लम्बाइ २० मिटरदेखि ३०० मिटरसम्म छ । यस राजमार्ग अन्तर्गत पर्ने ईलाम खण्डका सवै पुलहरु निर्माण भई सकेका छन् भने अन्यका १२ ओट निर्माणाधिन अवस्थामा रहेका छन् । निर्माणाधिन मध्ये पनि सुनसरीका ४ मध्ये ३ ओटा अन्तिम अवस्थामा पुगेका छन् ।
पुल निर्माण हुने कतिपय क्षेत्र वन क्षेत्रमा पर्ने र रुख कटानको अनुमति पाउन समय लागेकाले काममा ढिलाइ भएको बताउँदै केही पुल अझै अधुरा रहेका छन् । कार्यालयका अनुसार पुलको कुल लागत रु छ अर्ब १२ करोड ६२ लाख ५४ हजार रहेको छ भने सडक निर्माणको लागत रु १० अर्ब १३ करोड रहेको छ ।
झापामा पाँच वटा पुल निर्माण सम्पन्न भएका छन् । जसमा ढोङ्ग्रे खोला, खार खोला, दामा खोला, हँडिया खोला र गगटे खोलाका पुल रहेका छन् । झापा र इलामको सिमानामा पर्ने २२० मिटर लामो बिरिङ खोलाको पुल पनि निर्माण भइसकेको छ । मोरङमा धानखेती, खहरे, डाले, मुगु खोला, खुदुम, मोराङ्गी, तेली र नुसरी खोलाका पुल बनेका छन् ।
यस राजमार्गको पूर्वी खण्ड मध्ये इलाम क्षेत्रमा सबैभन्दा बढी पुल रहेका छन् । यहाँका १३ वटा पुलको निर्माण सम्पन्न भएका हुन् । सुखानी शहादतस्थल, बुढी खोला, सुखानी खोला, टाङटिङ, गोयाङ, सानोनेते, ठूलोनेते, रतुवा, बुकुवा सानो, बुकुवा ठूलो, विधुवा खोला, चाँजु खोला र बागद्वार खोलाका पुल सञ्चालनका लागि तयार भएका छन् ।
पुल निर्माण बाँकी रहेका १२ स्थानमध्ये मोरङमा आठ वटा र सुनसरीमा चार वटा रहेका छन् । मोरङको सोल्टी–१, सोल्टी–२, मिखि खोला, बालुवा खोला, सानो नेते, तुर्की खोला, हचुवा र साउने खोलामा पुल निर्माण अन्तिम चरणमा पुगेका सूचना अधिकारी दत्तले बताउनुभयो । सुनसरीका चार वटा पुल रेल्वे रिभर, ठकुरी खोला, बाघ खोला र बगुवा खोलाको निर्माण सम्पन्न हुन बाँकी छन् । पुल निर्माणले पूर्वी नेपालको यातायात र आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो