असंवैधानिक सरकार खारेजी तथा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न मागसहितको सर्वोच्चमा परेको कोशी प्रदेशको रिट माथि आज सुनुवाई हुँने

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवादाता

विराटनगर । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएकोले त्यसलाई खारेज गरि आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दिएको रिटको आज सर्वोच अदालतमा सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ।

कोशीमा बिहीबार कांग्रेस संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो ।

रिटमा एमालेको तर्फबाट बरिष्ठ अधिवत्ता शम्भू थापा, डा।भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञावली, डा।सूर्य भण्डारी र बाबुराम दाहालले बहस गर्न भएका छन् । रिटमा एमालेले प्रदेश सरकार गठन रद्द गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ।


खगेन्द्र कार्की
प्रतिक्रिया