सुतार कार्की सेवा समिति सुनसरीको चौथो साधारणसभा सम्पन्न, अध्यक्षमा हेमबहादुर निर्वाचित

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । सुतार कार्की सेवा समिति सुनसरीले ऐतिहासिक तथा गरिमामय चौथो साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख आतिथ्यता केन्द्रीय सल्लाहकार कृष्ण कार्कीले गरेका थिए । 

इटहरी –१६ बालग्रामस्थित बालाजी हनुमान मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष खेम कार्की, प्रा.डा. धनबहादुर कार्की, कूलवंश प्रतिष्ठान हरिद्धार चतराका केन्द्रीय अध्यक्ष कुमार कार्की, केन्द्रीय सेवा समितिका कोषाध्यक्ष रमेश कुमार कार्की, उदयपुर सुतार कार्की सेवा समितिका अध्यक्ष काशी कार्की लगायतको विशिष्ठ आतिथ्यता तथा आतिथ्यतामा बन्धुहरुको बाक्लो उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

पुर्खाको सम्मान, संस्कृतिको उत्थान सुतार एकता विश्वबन्धुत्वको पहिचान भन्ने मुल नारा बोकेको संस्थाको ऐतिहासिक तथा गरिमामय सो कार्यक्रमबाट ११ जनाको नयाँ टिम निर्विरोध चयनको घोषणा भएको थियो । २ जना महिलासहित ४ जना सदस्य अध्यक्षले पछि मनोनयन गर्ने गरी चुनिएको सो समितिको अध्यक्षमा हेम बहादुर कार्की छानिए भने उपाध्यक्ष द्वय विनोद, चिन्ता बहादुर कार्की, सचिव पर्शुराम, सहसचिव हरिकुमार, कोषाध्यक्ष पवित्र पाण्डे कार्की, सदस्यहरुमा मञ्जु, हर्क, शंकर, देवेन, बमबहादुर कार्की रहेका छन् । रोवनराज कार्कीको संयोजकत्वमा रहेको निर्वाचन समितिले उनीहरु निर्वाचित भएको घोषणासहित पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

मौजुदा कार्यसमितिका कोषाध्यक्ष हेमबहादुर कार्कीले स्वागत मन्तव्य र अध्यक्ष खगेन्द्र कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको सो कार्यक्रम पानसमा ४ वटा बत्ती राखेर उद्घाटन गरिएको थियो । 

संस्थाका सचिव मनोज कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा अध्यक्ष र सचिवले संयुक्त रुपमा निर्माण गरेको प्रतिवेदन कार्यक्रम सञ्चालनका दौरानमा सचिवले पढेर सुनाएका थिए । सो प्रतिवेदनमा संस्थाले विषम परिस्थितिका बाबजुद पनि केही कामहरु गरेको फेहरिस्ता तयार गरेको र जिल्ला समितिका लागि जग्गा खोज तथा भवन निर्माण, एम्बुलेन्स सञ्चालन जस्ता महत्वाकांक्षी योजना, सामाजिक अभियानका विषय जोडेर प्रतिष्ठानको सुरक्षा रणनीतिसहितको भावी कार्यक्रम समेटेर कार्यपत्र प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

सोही मञ्चको सदुपयोग गर्दै कूलवंश प्रतिष्ठानबाटै ज्येष्ठ नागरिकलाई गरिँदै आएको सम्मान कार्यक्रम समेतको आयोजना भएको थियो । दर्जनौं ज्येष्ठ नागरिक आमाबुबाहरु सो कार्यक्रमबाट सम्मानित भएका थिए भने कार्यक्रमको निम्तालाई स्वीकारेर आएका प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथिलाई मायाको चिनोले बिदाई गरिएको छ । सो कार्यक्रममा मौजुदा कार्यसमितिका अध्यक्ष तथा कार्यक्रमका सभापति खगेन्द्र कार्कीको कार्यकालमा संस्थाको कार्यसम्पादनमा उत्कृष्ठ ठहरिएका सचिव मनोज कार्कीलाई मायाको चिनो र दोसल्लाबाट सम्मान गरिएको थियो । कार्यक्रममा आधादर्जन वक्ताहरुले बन्धुहरुको हित, ऐतिहासिक पृष्ठभूमि र भोलिका दिनमा गर्नुपर्ने रणनीतिको बारेमा बोलेका थिए । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया