इटहरीमा ३ दिने संस्थागत विकास तथा रणनीतिक योजना गोष्ठी सम्पन्न इटहरी

सुप्रिया राई

इटहरी । संस्थागत विकास तथा रणनीतिक योजना निर्माणसम्बन्धी ३ दिने गोष्ठी कार्यक्रम इटहरीस्थित युवा विकास केन्द्र (वाईडीसी) को सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, प्रदेश १ को आयोजनामा तथा टेवा – नेपाल महिला कोषको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो।

प्रदेशभरिबाट सहभागी भएका २८ जना आदिवासी जनजाति महिलाहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। गोष्ठीमा आगामी ५ वर्षका लागि रणनीतिक योजना तयार गरिएको छ, जसको सहजीकरण सहजकर्ता सरिता दाहालले गर्नुभएको थियो।

कार्यक्रममार्फत मञ्चले आगामी पाँच वर्षसम्म प्रदेशभरिका आदिवासी जनजाति महिलाहरूसँग सहकार्य गर्दै संस्थागत सुदृढीकरण, नेतृत्व विकास र अधिकारका सवालमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।

आयोजकले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने टेवा – नेपाल महिला कोष, सहजकर्ता सरिता दाहाल तथा सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।

सुप्रिया राई
प्रतिक्रिया