झापाका पालिकाहरुमा वीपी जयन्ती

फाष्ट मिडिया नेपाल संवाददाता

दमक । नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्ती झापाका विभिन्न पालिकाहरुमा विविध कार्यक्रमका साथ मनाइएको छ ।

नेपाली कांग्रेस गाउँ÷नगर समितिको आयोजनामा पालिकातहमा वि.पी. जयन्ती मनाइएको हो । साहित्य गोष्ठी, विचार गोष्ठी, बृक्षरोपण, अग्रज ब्यक्तित्व एवं जेष्ठ नागरिक सम्मान, एवं सामाजिक सेवामूलक कार्यक्रम गरी वि.पी. जयन्ती मनाइएको छ । 

यसै सन्र्दमा नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा झापाको भद्रपुर–१० स्थित वी.पी.को पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ । पार्टीका केन्द्रीय सदस्य गोमा भट्टराई, कार्यबाहक जिल्ला सभापति केशवराज पाण्डे, नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनालीलगायत नेता–कार्यकर्ताहरुको टोलीले शालिकमा माल्र्यापण गर्नुको साथै विचार गोष्ठी सम्पन्न भएको छ । नगर सभापति राम कडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

वि.पी. जयन्तीकै अवसरमा कनकाइ नगरपालिका–५ मा रहेको वी.पी.को शालिकमा माल्यार्पण एवं विचार गोष्ठी सम्पन्न भएको छ । नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गाप्रसाद प्रसाईको सभापतित्व र महासमिति सदस्य एकराज उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कनकाई नगरका उपमेयर आशा शर्मा शिवाकोटी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कविता बस्नेतलगायतले मन्तव्य राखेका थिए । 

यसैगरी वीपी जयन्तीकै सन्दर्भ पारेर नेपाली कांग्रेस विर्तामोड नगर समितिको आयोजनामा विचार गोष्ठी सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रम नेपाली कांग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

यसैगरी नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको आयोजनामा पार्टीको नगर कार्यालय प्राङ्गणमा बृक्षरोपण एवं विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । हेमराज खरेलको सभापतित्व र नेपाली कांग्रेस कोशी प्रदेस समिति सदस्य राजकुमार बराइलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश समिति सदस्य रञ्जिता कार्की, महासमिति सदस्य सीता पौडेल, प्रदेशसभा ख का सभापति किरण श्रेष्ठ, कुमार भट्टराई लगायतले मन्तब्य राखेका थिए ।  वी.पी. जयन्तीकै अवसर पारेर नेपाली कांग्रेस बुद्धशान्ति गाउँ समिति र नेपाल विद्यार्थी संघ बुद्धशान्ति इकाई समितिको संयुक्त आयोजनामा साहित्य गोष्ठी सम्पन्न भएको छ । पार्टीका गाउँ सभापति चक्र शेर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा सञ्जय निरौला, छत्र कार्की, जयराज भण्डारी लगायतले मन्तब्य राखेका थिए ।

यसैगरी शिवसतासी नगर समितिले नगरको १० नम्बर वडामा रहेको लक्ष्मीनारायण मन्दिर माइधारमा अध्ययनरत बटुक एवं संरक्षित बृद्धबृद्धा गरी ६० बढीलाई एकछाकको भोजन गराउनुका साथै एवं फलफुल वितरण गरेको छ । नगर सभापति अशोक बस्नेतको सभापतित्व र पूर्व जिल्ला सचिव भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सन्तोषकुमार मेनेङवो, पर्शुराम ढुङ्गाना, खड्गबहादुर कार्की, चन्द्रमणि नेपाल लगायतले मन्तब्य राखेका थिए । नगर सभापति बस्नेतले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रम सञ्चालन होम दुलालले गरेका थिए । 

यसैगरी वि.पी. जयन्तीकै अवसर पारेर नेपाली कांग्रेस मेचीनगर समितिले विचार गोष्ठी सम्पन्न गरेको छ ।  कोशी प्रदेश समितिका सदस्य विमल आचार्यको प्रमुख आतिथ्य एवं नगर सभापति सुदय पनेरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व जिल्ला उपसभापति राम कट्टेल, तारावीर कटुवाल, लोकराज ढकाललगायतले मन्तब्य राखेका थिए । 

वी.पी जयन्तीकै अवसर पारेर गौरीगञ्जमा जेष्ठ नागरिक सम्मान एवं विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । ६ वटा वडाका जेष्ठ ६ जना र एक महिलासहित सातजनालाई सम्मान गरिएको कार्यक्रम गाउँपालिका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । गाउँ सभापति अघनुप्रसाद राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मखना महतो, आत्माराम राजवंशी लगायतले मन्तब्य राखेका थिए । 

वि.पी. जयन्तीकै अवसर पारेर झापाको दमकमा नगर पार्टी कार्यालय सरसफाई, झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस दमक नगर समितिको समन्वय र ५ नम्बर वडा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा कार्यालयमा राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा झण्डोत्तोलन गरिएको हो । वडा सभापति चैतन्य बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वि.पी.को ब्यक्तित्व एवं जीवनीबारे नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराइले प्रकाश पारेका थिए  ।

वि.पी. जयन्तीकै सन्दर्भ पारेर नेपाल कांग्रेस झापा गाउँ समितिले वडा नं–३ स्थित सिमलवाडी निमाविको प्राङगढमा चारसय बढी विभिन्न जातका विरुवा रोपेको छ । गाउँ सभापति सागिरथ गणेशको सभापतित्व र ४ नम्बर क्षेत्रीय सभापति जयनारायण शाहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँ पालिका कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलिया, शिव कडेल, टंक विश्वकर्मा, ठमनाथ नेपाल लगायतले मन्तब्य राखेका थिए । 

यसै दिवसको सन्दर्भ पारेर कमल गाउँपालिकाले विचार गोष्ठी एवं स्थानीय खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन लक्षित कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शेरबहादुर भट्टराई, ढुण्डिराज भण्डारी, पालिकाका अध्यक्ष हुकुमसिंह राई, सुरेश सुब्बा, विरबहादुर प्रसाई लगायतले मन्तब्य राख्नुभएको थियो । गाउँ सभापति खगेन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मुकुन्द उप्रेतीले गरेका थिए  ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया