राम थापा
कमल । झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित सावित्रा चोक जग्गा काण्ड झन पेचिलो बन्दै गईरहेको छ । जिल्ला झापा लखनपुर गाविस वडा नं. १ (साविक तापगाछी–४ प. कित्ता नम्बर ७७ को ०–१९–१ धुर जग्गा जग्गाधनी भनिएका जय प्रकाश ढुंगाना र बसोबास गर्ने सुकुम्बासीबीच २०७३ माघ २० गते लखनपुर गाविसको सभाहलमा गाविस सचिव राजकुमार शाक्यको अध्यक्षतामा बसौंदेखि समस्या रहेको जग्गा व्यवस्थापन गर्नका निम्ति शाक्यको अध्यक्षतामा सात राजनीतिक दल, बुद्धिजीवि, पत्रकार, जग्गाधनी भनिएका जयप्रकाश उनका परिवार र २ जना प्रतिनिधिबीच सम्झौता भएको थियो तर सम्झौता अनुसार बसोबास गर्ने २५ घर परिवारले सरपट नापी हुँदै तिलक पाण्डेको नेतृत्वमा अमिन मनोज यादवको नेतृत्वमा वार्ड प्रतिनिधि ओम प्रधानको रोहवर फिल्डमै फिल्बुक भर्ने काम भयो तर बिलबुक भर्ने सुकुम्बासीले पुर्जा पाएन ।
जग्गा धनी भनिएका जय प्रसाद ढुंगानालाई ३ कट्ठा र वार्डको सिफारिस नै नगरेको छोरीलाई ५ कट्ठाको पुर्जा वितरण गरेको र फिलबुक भर्ने २५ घरपरिवारको जग्गा नेपाल सरकारको नाममा राखिएको भन्दै २५ घर परिवारले पालिका अध्यक्ष हुकुम सिंह रार्यसँग भेटघाट गरी पुर्जा नपाएको गुनासो राखे । जवाफमा अधयक्षले अब छिट्टै भुमि आयोग बन्ने र पहिले हजुरहरुको समस्या समाधान गर्ने बताए । ०७९/०७/२९ गते लाल बहादुर विष्टले भूमी आयोग झापालाई २५ घर परिवारलाई सिफारिस गर्नु भएको थियो । हामीले कमल भूमाफियाले चलखेल गर्दै छ कि भनेर सचेत गराउँदै पनि कमलमा भुमाफियाको चलखेल भन्दै सूचना प्रकाशित गरेको भन्दै राईले अब कसैले आर्थिक चलखेल गर्दै त्यसस्तो कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने जानकारी गराएका छन् ।घर भत्काएर घर सार्ने खर्च सबैले नगद लिए तर गोपिलाल थापालाई ४ लाखको जग्गा धनीका प्रतिनिधि सुशिल कुमार राईले मिति २०७३/११/१४ गतेको सानीमा बैंकको चेक दिए तर आजसम्म साटिएन पीडित थापाले भने । पुर्जा नभएको जग्गा ६ महिनामा पुर्जा दिने भनी २०७३/१०/२० गते सहमति भयो न पुर्जा पाइयो न क्षतिपुर्ति रकम न्याय कतैबाट पाइएन दोषीलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो