यस वर्षको नारा – ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’
फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । नेपालको शिक्षा विवादको भुँमरीमा परेको आज होइन । राजनीतिज्ञको खेलौना बनेको शिक्षाकै कारणले आज गाउँघर र सहर रित्तिने अवस्थामा पुगेका छन् ।
डिग्री हासिल गर्ने वहानामा शिक्षाको नामबाट वर्षेनी नेपाली विद्यार्थीको आकर्षण विदेशतिर हुनुले ठूलो नेपालको धनराशी बाहिरिरहेको पनि नेपालका शिक्षाविद्ले देखेका छन्, शासकले देखेकै छन ? एक पटक नीति ल्याउने र त्यसपछि २, ४ वर्ष वा ८, १० वर्ष त्यसको प्रयोग गरेर परिमार्जन गर्ने परिपाटीले नेपालको शैक्षिक अवस्था खस्किँदो छ । तलैदेखि शिक्षाको जग नेपालमा राम्रो देखिएको छैन भन्ने बहस भएको धेरै भईसक्दा पनि नेपालको लागि यहि शिक्षा फिट हुन्छ भनेर कसैले भन्न सक्ने अवस्था देखिँदैन । केही वर्ष पहिला ल्याएको एसईई ग्रडिङ प्रणालीमा अहिले परिमार्जनको आवज पुनः उठ्न थालेको छ ।
कहिले शिक्षाको गुणस्तरको कुराले त कहिले शिक्षक, शिक्षिकाका सेवा सुविधा, विद्यार्थीले पाउने सेवा सुविधाका कुराले विवादित बन्ने गरेको छ । देशको सबैभन्दा महत्वपूर्ण क्षेत्र शिक्षामा अहिलेसम्म स्थायित्व नहुनु र यसलाई राजनीतिज्ञको गरिखाने बाटो बनाउनु दुर्भाग्यपूर्ण छ । जबसम्म वैज्ञानिक र व्यवहाारिक रोजगारमूलक शिक्षाको विकास गरिँदैन तबसम्म जति नै दिवस मनाएर आ–आफ्नालाई विभुषित गर्ने वा पुरस्कृति गरेर दिवस मनाउनु सिवाय अरु कुनै उपलब्धी हुने देखिँदैन । नेपाल सरकारले २०७५ सालदेखि नेपालमा राष्ट्रिय शिक्षा दिवस मनाउने गरिएको छ । सोही क्रममा यस पटक पनि आज देशभर शिक्षा दिवस मनाइँदैछ ।
समावेशी र सीपमूलक शिक्षा ः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ मनाइने उक्त शिक्षा दिवसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकुमार राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।
यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ । यस्तै छात्रा विद्यापदक पनि प्रदान गरिनेछ ।
समयमा बजेट निकासा नहुँदा पदक निर्माण हुन नभ्याइएकाले आज पुरस्कारमात्रै वितरण हुने र पदक वितरणको सूचना पछि आउने मन्त्रालयले जनाएको छ । विभूषित हुनेहरूको नामावली मन्त्रालयले आज प्रकाशन गरेको छ । दिवसका अवसरमा पहिलोपटक नेपाल प्रविधि विद्याभूषण र समाज कल्याण शिक्षा पुरस्कार थप गरिएको छ । सबै गरी एक सय ७७ पुरस्कृत हुनेछन् ।
नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।
सङ्घीय संसद्को दुवै सदनबाट पारित सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गरेकी थिईन् । विसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८)कै दिन मनाउन थालिएकामा २०७६ सालदेखि दुई दिवसलाई अलग–अलगरूपमा मनाउने निर्णय भए पनि राष्ट्रिय दिवसको मिति निर्धारण हुन बाँकी रहेको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो