क्यान्सरलाई जित्दै गएका भारतीय चर्चित अभिनेता सञ्जदत्तको एक पछि अर्को सफलता

फाष्ट मिडिया नेपाल संवाददाता

एजेन्सी । कोरोना कालमै क्यान्सरसँग लडिरहेका सञ्जयमा उत्साह मरेको थियो । सिनेमा फर्कन सक्ने क्षमता हुन्छ भन्नेमा उनमा विश्वास थिएन तर उनको क्यान्सरमा सुधार हुँदै गएपछि आफ्नो मानसिकता भएको पनि यी अभिनेताले बताएका छन् ।

क्यान्सरपछि आफुले झन उत्कृष्ट फिल्म दिन सकेको यी अभिनेताको कथन रहेको छ । सन् २०२२ मा रिलिज भएको ‘केजीएफ च्याप्टर २’ मा संजय दत्तले खलनायक अधिराको भूमिका निर्वाह गरेका थिए । यो फिल्म बक्स अफिसमा सर्वाधिक सफल भएको थियो । सुपरस्टार यशको यो फिल्मले विश्वभर १२ सय करोडको व्यापार गरेको थियो । सो फिल्मको सफलताले आफुलाई अझ धेरै उर्जात थपेको यी कलाकारले बताए ।

केजीएफ च्याप्टर २ पछि सञ्जय दत्तको ‘सम्राट पृथ्वीराज’ र ‘शमशेरा’ थिएटरमा आए । यी दुवै फिल्मको व्यापार बक्स अफिसमा मध्यम रह्यो । यी फिल्मले बक्स अफिसमा १५४ करोड कमाए ।

तर आफुलाई सन २०२३ राम्रो बर्ष सावित भएको उनले बताएका छन् । सन् २०२३ मा सञ्जय दत्तले सुपरस्टार थालापथी विजयको फिल्म ‘लियो’ मा काम गरे । पछिल्लो समय खलनायकको रुपमा प्रस्तत हुँदै आएका उनले यो फिल्ममा पनि खलनायकको भूमिका निर्वाह गरे । यो फिल्मले विश्वभर ६०७ करोडको व्यापार गरेको छ ।

यसपछि सन् २०२३ मा रिलिज भएको शाहरुख खानको फिल्म ‘जवान’ मा पनि सञ्जय दत्तले काम गरे । यो फिल्ममा उनको केमियो मात्रै थियो । रिलिजपछि यो फिल्मले विश्वभर ११५० करोडको व्यापार गरेको थियो । यी सबै फिल्मको कलेक्शनको आँकडा जोड्ने हो भने उनले अभिनय गरेका फिल्मले ३ हजार करोडभन्दा बढी ब्यापार गरेको छ । यसरी क्यान्सरसँगै लडेर पनि सञ्जय दत्तले धेरै राम्रा फिल्ममा काम गरे र यो सफलता हाँसिल गरे ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया