सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ।
न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले उक्त आदेश दिएको हो। अदालतले मुद्दाको अन्तिम टुंगो नलगेसम्म निर्णय कार्यान्वयन नगर्न भनेको छ। महानगरको निर्णयविरुद्ध श्रीराम टोवागो उद्योगले मुद्दा दायर गरेको थियो।
फाष्ट मिडिया नेपाल संवाददाता
२९ मङ्सिर २०८०, शुक्रबार ०५:१३ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो