फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ।
नेपालले जित्ने पर्ने दबाबका साथ नेदरल्याण्ड्ससँग खेल्दैछ।
जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२स् ४५ बजे हुनेछ।
यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि पराजित भए समूह चरणबाटै पराजित हुने छ ।
आज नेदरल्याण्ड्सलाई पराजित गरेमा भने नेपालको सुपर सिक्समा जाने सम्भावना कायम हुनेछ।
तर, यसका लागि नेदरल्यान्ड्स र वेस्ट इन्डिजको खेल निर्णायक हुनेछ। खेलको सिनारियो अनुसार नेपाल अघिल्लो चरण जान नेदरल्याण्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ।
खगेन्द्र कार्की
९ असार २०८०, शनिवार ०८:०७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो