पलायनको बाटो : स्थापित कलाकार रेखा थापाले पहिलो बच्चा अमेरिकामा जन्माउने तयारी

फाष्ट मिडिया नेपाल संवाददाता

फाष्ट मिडिया न्युज डेक्स

इटहरी । बेरोजगारीको कारण देखाउँदै कुनै बेलाका स्थापित चर्चित कलाकार जय किसन बस्नेत विदेश पलायन भएका छन् ।

बस्नेत मात्र नभएर धेरै स्थापित कलाकार कति त अझै विदेशमै बसिरहेका छन् । पछिल्लो समयमा नेपाली चलचित्र उद्योगकी सदावहार नायिका जसले नेपालमै मान, इज्जत, प्रतिष्ठा, पैसा सबै पाउँदा पाउँदै पनि अमेरिकामै पहिलो सन्तान जमाउने तयारीमा जुटेकी मात्र होइन यहि हप्ता अमेरिका जाने तयारीमा रहेको एक विश्वस्त स्रोतले बताएको छ । अमेरिकामा जन्मेको बच्चा अमेरिकी नागरिक हुने प्रावधान रहेको छ ।

चलचित्र निर्देशक, नायिका र निर्माताको भूमिकाबाट नेपाली चलचित्र उद्योगमा महत्वपूर्ण योगदान मात्र पु¥याएकी छैनन सामाजिक क्षेत्रमा उत्तिकै सक्रियताका साथ लागि परेकी छन् । त्यसो राष्ट्रिय प्रजातन्त्र पार्टीको महत्वपूर्ण पदमा पुग्न सफल रेखा थापा गत संघीय निर्वाचनमा मोरङ क्षेत्र नं. ३ बाट निर्वाचन लडेकी पनि हुन् ।

सामाजिक रुपान्तरणका लागि अगाडि बढिरहेकी नायिकाले एकाएक नेपाली पन छोडेर किन अमेरिका पलायन हुने सोच बनाइन् । बच्चा अमेरिका जम्माए पछि बच्चाको सहाराबाट सबै जना अमेरिका बस्ने मिल्ने वातावरण किन खोज्दैछिन् ।

आम नेपाली दर्शक, चलचित्र उद्योग मात्र नभएर आम नेपालीलाई यो विषय निकै चासो र चिन्ताको बनेको छ । के अब नेपाल साँच्चिकै बृद्धआश्रम मात्र रहने हो त ? 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया