काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रवादी राजनीतिक दलहरु र राजासमेत एकै ठाउँमा बसेर देशमा नयाँ प्रकारको समझदारी गर्नुपर्ने बताएका छन् । शुक्रबार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् ।
देश निरन्तर रुपमा ओरालो लागिरहेको भन्दै देशलाई उठाउने कुनै प्रयत्न नभएको आरोप समेत लगाए । लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकिय संस्थाको रुपमा राजा हुने व्यवस्था गर्नुपर्ने बताए । प्रदेशलाई खारेज गर्दै केन्द्र र स्थानीय तहलाई बलियो बनाउन उनको सुझाव छ ।
अध्यक्ष लिङ्देनले राष्ट्रिय सभाको अस्तित्वको सम्बन्धमा पुनःविचार गर्नुपर्ने पनि बताए । जनप्रतिनिधिहरुको संख्यामा व्यापक कटौती गर्नुपर्ने र संवैधानिक निकायमा नियुक्ति दिँदा योग्यता र क्षमताको आधारमा दिनुपर्ने उल्लेख गरे । उनले वर्तमान निर्वाचन प्रणाली भ्रष्ट भएको भन्दै पूर्ण समानुपातिक प्रतिनिधि सभाको व्यवस्था हुनुपर्ने माग पनि गरे ।
एक अर्को प्रसँगमा अध्यक्ष लिङ्देनले आफु विदेशमा भएको बेला झुक्याएर कोशी प्रदेशमा सभामुख पदमा बसेको आरोप लगाए । उनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत फरक मत) रहेको समेत धारणा राखे ।
अध्यक्ष लिङ्देनले एउटा मत सभामुख लिनु नहुने पक्षमा रहेको र अर्को मत सभामुख लिनु राम्रो हुने पक्षको रहेको उल्लेख गर्दै यस विषयमा पार्टीको आगामी केन्द्रिय कार्यसमितिको बैठकमा छलफल गरिने उल्लेख गरे ।
अध्यक्ष लिङ्देनले राप्रपाले फागुनबाट शान्तिपूर्ण ढंगले जनदबाब सिर्जना हुनेगरी राजधानी केन्द्रित आन्दोलन गर्ने उद्घोष समेत गरे ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो