इनरुवामा ममता मृदुलसहितका साहित्यिक श्रष्टा सम्मानित

फाष्ट मिडिया नेपाल संवाददाता


इटहरी । सुनसरीको इनरुवाको साहित्यिक संस्था ‘सिर्जनामा इनरुवा’ ले साहित्यिक श्रष्टाको सम्मान तथा रचना वाचनसहित तेस्रो साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल थिए । विशिष्ठ अतिथिमा इनरुवा नगरपालिकाका वडा नं. ३ का वडाअध्यक्ष रमेश श्रेष्ठ, इटहरी मेट्रिक्सका सञ्चालक तथा कलाकार विक्रमश्रीलगायत रहेको सो कार्यक्रमलाई इनरुवा नगरपालिकाले प्रायोजन गरेको थियो ।


इनरुवा नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका अध्यक्ष, प्रतिनिधि तथा साहित्यानुरागीसहित पत्रकारहरुको सहभागीता रहेको थियो । सो कार्यक्रमबाट साहित्यकार ममता मृदुललाई लघुकथाका लागि रमेन्द्र–सावित्री लघुकथा पुरस्कारले सम्मान गरिएको छ । सम्मानित हुने साहित्यक श्रष्टाहरुमा प्रमोद ढकाल, विनोद विवश घिमिरे, विक्रमभक्त जोशी, रोहिणी रसिक, राम अधिकारी, शकुन्तला मन्जरी, जयकृष्ण यादव र यसोदा अधिकारी आचार्य रहेका थिए । सिर्जनामा इनरुवा साहित्य, कला र संस्कृति, मिलेर एक सुत्रमा गरौं साधना र उन्नति नाराका साथ उक्त साहित्यक संस्थाले विगतदेखि नै साहित्यक श्रष्टाहरुलाई सम्मान गर्दै आएको अध्यक्ष लिलानाथ सिलवाल बताउँछन् । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया