जातिय संस्कृति विरुद्ध विवादस्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डे पक्राउ

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । जातिय संस्कृतिमा आँच पु¥याउने गरी विवादास्पद अभिव्यक्त दिने कानुन व्यवसायी भगवती पाण्डे (शितल)लाई अन्ततः काठमाडौं प्रहरीले पक्राउ गरेको छ । अधिवक्ता पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले जानकारी दिए । सोही विषयलाई लिएर आन्दोलन समेत भईरहेको र संसदमा समेत पटक पटक कुरा उठेपछि प्रहरीले पक्राउ गरेको हो । यद्यपि गत शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनिबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

पाण्डेविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र  नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताए । 


खगेन्द्र कार्की
प्रतिक्रिया