त्रिशुली नदीमा खस्यो भारतीय नम्बर प्लेटको बेलेरो जीप, जीप भेटियो तर यात्रुको अवस्था अज्ञात, खोजी कार्य जारी

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । फेरी त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बलेरो जिप खसेर दुर्घटना भएको छ । नारायणगढ(मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जिप त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सेतो रंगको सिंगल क्याप जिप त्रिशूली नदीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए।  ‘बिहान राति नदीमा रातो बत्ती बलेपछि सवारीसाधन खसेको अनुमान गरी खोजी थालिएको थियो,’ भण्डारीले भने। बिहान ४ः५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको थियो।

खोजी सिलसिलामा भारतीय नम्बर प्लेट बिआर (९जिसी १४३) नम्बरको बोलेरो जिप फेला परेको भण्डारीले बताए । जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। जिपमा कति व्यक्ति सवार थिए भन्ने यकिन भइसकेको छैन । जिप नदीबाट निकाल्न सकिएको छैन। हेभी उपकरणको सहायकताले नदीबाट जिप निकाल्ने तयारी भइरहेको भण्डारीले बताए। ‘यात्रु के कति थिए यकिन छैन, नदीमा खोजी भइरहेको छ,’ उनले भने, ‘जिपमा कोही पनि फेला परेको स्थिति छैन।’


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया