पशुपतिमा बालाचर्तुदर्शीको तयारी मासुजन्य र सुर्तिजन्य पदार्थमा रोक

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौंस्थित पशुपतिनाथमा आगामी सोमबार पर्ने बालाचर्तुदर्शीका दिन मासुजन्य र सुर्तिजन्य पदार्थमा पूर्ण रोक लगाएको छ । त्यसो त काठमाडौं महानगरपालिकाले सुर्तिजन्य पदार्थमा काठमाडौं महानगरभित्र बिक्रीवितरण र प्रयोगमा रोक लगाईसकेको छ । 

मन्दिर परिसर र आसपासका क्षेत्रमा बिहीबारदेखि एक सातासम्म माछा–मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बिक्री, ओसारपसार, भण्डारण तथा सेवनमा निषेध गरिएको छ ।

गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो निषेध लागु हुने जनाइएको छ ।

आउँदो मंसिर २५ गते सामेबार परेको बालाचर्तुदशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा मंसिर २७ गतेसम्म यो नियम लागु हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । कसैले नियम विपरित हुने गरी कार्य गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले चेतावनी दिएको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया