फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । आजको सामाजिक सञ्जाल समिक्षालाई अष्ट्रेलियाले ब्लाकलिष्टमा राखेको भन्ने थियो । सत्य, तथ्य के हो कसैलाई थाहा थिएन एकोहोरो ब्लाकलिष्टमा परेको मात्र भाईरल भईरहेको थियो । यसरी कसैको व्यक्तिगत सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा भाइरल बनेपछि तनाव नहुने कुरै भएन । यसर्थ समिक्षा अधिकारी तनावमा भईन । भनौ के सामाजिक सञ्जालको कुरा जहाँ उनैका लाखौं, करोडौं दर्शक, स्रोता छन् । उनले धेरै भनिन् मात्र यति भनिन– आज सामाजिक संजालमा मेरो बारेमा आएका न्युजहरु हेरेर म आफै आश्चर्य चकित भएकी छु।
हुन त मैले यो भन्दा ठुलो प्रहरहरु खपी सकेकी छु तै पनि आज सामाजिक संजालमा आएको कुराले म अष्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजु भाइ दिदि बैनीहरु लाई सोध्न चाहन्छु यहाँ निर मेरो गल्ति के भयो । एउटा उमेर पुगेको मान्छे अष्ट्रेलिया नियम परिधि भित्र रहेर आफ्नो बसाइ अष्ट्रेलियामा लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन म माथि प्रहार गर्नु भो रु अहिलेको मेरो भिषा निबेदनको स्थितिमा फाइनान्सको केहि डकुमेन्ट थप गर्नु पर्ने स्थितिमा मैले पठाई सकेकी छु भएको यति हो ।
म एउटा अध्याँरो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडी बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्दत हुनु हुन्छ, मैले भोग्न पर्ने भोगी सके सहन पर्ने सहि सके प्लिज मलाई नगिजोल्नुस, मेरो व्यक्तिगत कुराहरु हुन्छन् मेरो अनुमति बिना मेरो भिषाको स्टाटस चेक गर्न तपाई बसेको देशको कानुनले दिन्छ । म संग एक चोटी सोधेको भए दिदिको बारेमा मै तपाईहरु लाई बताउँथे । मेरो दिदिले कुनै नियम तोडेर होइन अष्ट्रेलियाको नियम परिधिमा रहेर त्यहाँ पढ्दै छन् ।
दिदि संगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहिन कुरा नलेखिदिनुस । सक्नु हुन्छ २ वटा मिठा शब्द बोलिदिनुस जसले मनोबल बढावोस सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस। आज यती मात्र भन्न चाहे कि म ब्ल्याक लिस्ट मा परेको भन्ने खबर सरासर झुठो हो क्ष् मलाई अहिले तिज कार्यक्रम को लागी दिदी बहिनी इभेन्ट ले बोलाएको हो । म १८ बर्ष पुगिसकेको छु र मैले गार्जियन एप्प्लाई गरेको छु भन्ने कुरा सरासर झुठो हो । यस्ता भ्रामक समाचार मा बिश्वास नगरिदिनु हुन बिनम्र आग्रह गर्दछु ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो