झापास्थित कमलको एक विद्यालयमा दलगत अभिभावकको गलत अभ्यास

फाष्ट मिडिया नेपाल संवाददाता

कमल । विद्यालयमा अभिभावकको भूमिकालाई गौण बनाउने गरी विद्यार्थीको परिक्षा प्रभावित हुने काम भएको छ । विद्यालयमा अभिभावक समेत दलगत रुपमा प्रस्तुत हुनु र विद्यार्थीको भविष्यमाथि खेलवार्ड गरिनुलाई निकै चासो र चिन्ताका साथ हेरिएको छ । विद्यालयमा विद्यार्थीमाथि भन्दा पनि पदप्रति अभिभावक गएको संकेत यस्ता गतिविधिले देखाएको छ । 

कमल गाउँपालिका वडा नं. ३ मा सञ्चालनमा रहेको सामुदायिक विद्यालय श्री सहिद धर्मभक्त माधयमिक विद्यालयमा आयोजना गरिएको अभिभावक भेला सर्वसम्मत हुन नसकेको भनेर विभिन्न राजनीतिक दलसम्बद्ध अभिभावकहरुको अकर्मण्यता त्यहाँ प्रदर्शन गरेर विद्यालयमा अभिभावक किन र केका लागि भन्ने प्रष्ट संकेत दिएका छन् । अभिभावक भेला विद्यार्थीहरुको हितमा हुनुपर्नेमा केही अगाडि सञ्चालन हुने परीक्षलाई अन्योल बनाउने गरी अभिभावकको भुमिका रहनुले चिन्ता प्रकट गरेको छ । अभिभावक भेलाबाट सर्वसम्मत समिति चुनिन नसकेपछि निर्वाचनमा होमिएका अभिभावकहरुले गत बुधबार निर्वाचनमा गएका थिए । त्यो निर्वाचनको परिणामलाई अस्वीकार गरेर अर्को पक्षले भोलिपल्टको चुनावको वास्तै नगरी विद्यालयमा ताला लगाईदिएका थिए । सो ताला लगाए पछि विद्यालयका प्रधानअध्यापकले चिन्ता व्यक्त गर्दै त्यसो नगर्न आग्रह समेत गरेको बुझिएको छ । 

शिक्षाको मन्दिरभित्र विद्यार्थीको भविष्यमात्र खोजिनुपर्नेमा अभिभावकहरु पद खोज्न थालेपछि आएको यो समस्याले अभिभावकको विद्यालयमा भूमिकाप्रति आशंका उब्जाएको छ । शिक्षामा कुनै पनि राजनीतिकको भूमिका हुन नहुने तर्क स्थानीयको रहेको छ । उनीहरुले विशुद्ध विद्यालय सञ्चालनको लागि शिक्षा ऐन र कानुनले व्यवस्था गरेको अभिभावककी भूमिका लागि दलीय नभई अभिभावकीय उम्मेदवार मात्र भएर अगाडि बढ्नुपर्ने औल्याएका छन् । निर्वाचनबाट चित्त बुझ्दैन भने सर्वसम्मत गर्नुपर्ने पनि बताएका छन् । 

एमाले, कांग्रेस र अन्य दलबीच उक्त विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका लागि निर्वाचन भएको थियो । सो निर्वाचनबाट पुरै टिम एमाले–कांग्रेस गठबन्धनले जितेपछि प्रतिष्पर्धी टिमबाट अस्वीकार गरी पुनः मतगणना गर्न विद्यालयमा तालाबन्दी गरेका थिए । छापिएको मतपत्र अनुसार बदर र सदर मत पुगे तालाबन्दी खोलिदिने विपक्षले मत जाहेर गरेका थिए ।  विद्यालयको परिक्षा सञ्चालन भए पनि त्यसको प्रभावबाट विद्यार्थी, शिक्षक र आम स्थानीयबासीमा नाकारात्मक असर परेको टिकाटिप्पणी गरिएको छ । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया