काठमाडौं । सरकारले बालकोट घटनाको विषयलाई निस्तेज तुल्याउन अनेकन प्रयासहरु गरिरहेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०÷१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । यसता भएका बखत जिम्मेवारीमा रहेका कर्मचारी तथा सुरक्षा निकायलाई फिर्तादेखि जिम्मेवारी खोसुवा हुँदै निलम्बन सम्म गरेको छ ।
प्राप्त समाचार अनुसार ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयले फिर्ता बोलाइएको छ । पण्डितसँगै ईपीएस कोरिया शाखाका निर्देशक (उपसचिव) गुरुदत्त सुवेदी र ललितपुरका एसएसपी सिद्धिबिक्रम शाहको जिम्मेवारी खोसिएको छ ।
रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनलाई लिएर सरकारले ललितपुरका प्रजिअसहित प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको हो ।
घटनाका विषयलाई लिएर ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णयसमेत भएको मन्त्रालयले जनाएको छ ।
इपीएस शाखाको कमजोरीका कारण शुरु भएको आन्दोलन चर्किरहेकै ठाउँबाट मन्त्रीको सवारी चलाउनु कमजोरी भएको र प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको विषय यतिखेर विभिन्न सञ्चारका माध्यममा तातिरहेको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो