अन्ततः क्रिकेटर लामिछाने सयाजको भागीदार, ८ वर्ष कैदसहित ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन काठमाडौं जिल्ला अदालतको आदेश

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सो सजाय तोकेको हो ।

सजाय निर्धारणका लागि आज बसेको इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । गत पुस १३ गते बसेको इजलासले लामिछानेलाई दोषी ठहर गरेको थियो। 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया