रोजगार देला भनेको त ज्यान पो लियो ? वैदेशिक रोजगारमा जान पनि सहिद भए नेपाली ?

फाष्ट मिडिया नेपाल संवाददाता

कोरियाको रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत रोजगारीका लागि कोरिया जान लिइएको परिक्षाबाट बञ्चित भएका युवाहरुमध्ये अन्ततः २ जनाले ज्यान गुमाए । युवाहरुलाई रोजगार दिन्छु भनेर अनेकन रोजगारी सृजना गर्न खोज्ने सरकारले प्रवासमा रोजगारमा जानका लागि नरोक भनेर गरिएको आन्दोलनका क्रममा २ जना सहिद बनेका छन् । निर्दोष ती कलिला युवाहरुमाथि गोली चलाइएको छ र उपचारका क्रममा उनीहरुको निधन भइसकेको छ । 

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा दुईजनाको ज्यान गएको हो । निधन  हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेका छन् । आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका क्रममा निधन भएको हो । २३ वर्षिय रावतको किष्ट अस्पताल र २२ वर्षिय साहको पाटन अस्पतालमा निधन  भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पुष्टि गरेका छन् ।

राउतको गोली लागेर निधन  भएको प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन । बरु छातीमा दाग देखिएको छ भने शरीरका अन्य भागमा पनि चोट पाइएको थियो।

त्यस्तै साहको भने आन्दोलनका क्रममा प्रहरीको गोली लागेर निधन  भएको हो । युवाहरुले परिक्षामा सहभागि हुन नपाएको भन्दै बालकुमारीमा प्रर्दशन गरिरहेका बेला यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाईदिएका थिए । पार्टीको बैठकमा हिडेका मन्त्रीलाई गाडीबाट निकालेर लगाईदिएपछि अवस्था तनावपूर्ण हुँदा झडप भएको थियो । झडपमा दर्जनौ घाईते भएको प्रहरीको भनाई छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया