केर्खामा शौचालय र चिल्ड्रेन पार्क अलपत्र

फाष्ट मिडिया नेपाल संवाददाता

राम थापा

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ सानो केर्खामा निर्माणाधिन शौचालय र चिल्ड्रेन पार्क फोहोर फाल्ने डम्पिङ साइट बनेको छ । पूर्व गाउँपालिका अध्यक्षले शिलान्यास गरेका ति संरचनाहरु अलपत्र अवस्थामा रहेका छन् । त्यहाँ यतिखेर फोहोर फाल्ने डम्पिङ साइट बनेको स्थानीयको आरोप छ । स्थानीय होटल व्यवसायीले भने– अहिलेका जनप्रतिनिधिको वेवास्ताले शौचालय र चिल्ड्रेन पार्क अलपत्र अवस्थामा छन् । चिल्ड्रेन पार्क त फोहोरको डम्पिङ साइड जस्तो देखिएको छ । उनले भने जनप्रतिनिधि भनेको पार्टीगत नभई स्वतन्त्र भए मात्र काम हुने अनुमान त्यसबाट गरिएको पनि बताए । सार्वजनिक सम्पत्तिको दुरुपयोग बढी देखियो । यसको निर्माण कार्य पुरा गर्न अहिलेका जनप्रतिनिधिहरु लाग्न आवश्यक रहेको उनले बताए ।

यद्यपि सो चिल्ड्रेन पार्कको मंसिरमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले निरीक्षण समेत गरिसकेका छन थिए । पार्कको निरीक्षणपछि उनले शहरी विकास कार्यालय, इलामका प्रमुख मिलन आचार्यलाई स्थानीय बासिन्दासँग सहकार्य गरी काम गर्न निर्देशन दिए पनि अहिलेसम्म कुनै काम हुन सकेको छैन ।

वडा अध्यक्ष अग्निप्रसाद कोइरालाका अनुसार पार्क १२ कठ्ठा क्षेत्रफलमा निर्माण कार्य तत्कालका लागि स्थगित रहेको बताए । उनले भने दाताहरुबाट प्राप्त जग्गा पालिका अन्तर्गत ल्याउने प्रक्रिया झन्झटिलो र समय लाग्ने भएको छ । मालपोत कार्यालयबाट टिप्पणी उठाएर टिप्पणी उठाएर भूमि व्यवस्थामा जाने र त्यहाँबाट मन्त्रालय पुगेर मालपोत कार्यालयलाई पत्र आएपछि मात्र उक्त पार्कको डिपिआरको काम अगाडि बढ्ने उनले स्पष्ट पारे । वडाअध्यक्ष कोइरालाका अनुसार उक्त पार्कमा स्विमिङ पुल, बच्चाहरूका लागि खेल्ने विभिन्न सामग्री, चमेना गृह, खुला जिमखाना जस्ता सुविधाहरू राख्ने प्रस्ताव गरिएको छ । गत वर्ष पर्यटन मन्त्रालय विराटनगरको २५ लाख रुपैयाँ लागतमा पार्कसम्म पुग्नका लागि ५८ मिटर लामो र साढे ३ मिटर चौडाइको सडकमा ब्लक लगाउने काम सम्पन्न भएको वडा कार्यालयले जनाएको छ । यसैगरी केर्खा बजारमा निर्माण गर्ने भनिएको शौचालयको विषयमा अनुकूल मिल्ने जग्गा नभेटिएको कारणले अब नगरपालिकाकै तर्फबाट घुम्ति शौचालय सञ्चालन गर्ने क्रममा अगाडि बढेको वडाअध्यक्ष कोइरालाले बताए ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया