काठमाडौं । जंगली जनावर बाघको आक्रमणमा परी दुई महिलाको निधन भएको छ । नवलपुर विनयीत्रिवेणी गाउँपालिका–१ का सासूबुहारीको सो आक्रमणमा परी निधन भएको हो । आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो उनीहरु जंगलमा घाँस काट्न गएको र राति अबेरसम्म नफर्किएपछि खोजी गर्दा आइतबार राति उनीहरुको शव फेला परेको हो । घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ भने स्थानीयले बाघको आक्रमणबाट उनीहरुको मृत्यु भएको बताएका छन्।
फाष्ट मिडिया नेपाल संवाददाता
९ पुस २०८०, सोमबार ११:५७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो