अझै कठोर साधनाले निरन्तर अगाडि बड्न द म्वाई अफ नेपाल सिजन ५ का सेकेण्डरनअप राईको भनाई

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । गत शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा द भ्वाईस अफ नेपाल सिजन ५ को ग्राण्ड फिनाले आयोजना गरिएको थियो । सो ग्राण्ड फिनालेमा गायकी कलाको हिसाबले सबै बराबरी भए पनि दर्शको भोटिङको आधारमा विनोद राईले उपाधि चुमेका थिए भने मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भएका थिए । उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । उपाधि विजेता राईले २० लाख नगदसहितका पुरस्कार हात पारे । 

फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिएका थिए । 

सेकेण्ड रनअप बनेका कुमार प्रयास राईले अनेकौं संघर्ष र निरन्तरको प्रयत्नहरुले यो गन्तव्यसम्म आएको बताएका छन् । उनले भने सम्झँदा ती नै कठोर यात्राका पाइलाहरु साँच्चै कहालीलाग्दा र निर्मम थिए नै । फेरि पनि यहाँहरुको प्रेम र साथले उल्लास र साहस बटुल्दै सफलताका खुट्किलाहरु पर्गेल्दै आज यो ठाउँमा आइपुगेको यथार्थ हो । यसको प्रमाण मेरो आत्मा छ तपाईंको उदार हृदय छ । जसको निम्ति तपाईं सम्पुर्ण प्रती हार्दिक धन्यवाद, आभार ।


उपाधी एकजनाले मात्र जित्ने हो उपाधि विनाद दाईले जित्नु भयो उहाँलाई धेरै धेरै बधाई, सगै मैले पनि जितेको नै महसुस गरेको छु, किन कि मैले तपाईं सम्पूर्णको हृदय जितेको अनुभुतिले नै पुल्कित छु ।

त्यसो र अबको यात्रा निश्चय पनि गृहजिल्ला सोलुखुम्बु र सम्पूर्ण नेपाली भाषी समुदायको मनलाई साक्षी राखेर अझै कठोर साधनाले निरन्तर अगाडि बड्ने बाचा गर्दछु ।

निरन्तर सकारात्मक सल्लाह सुझाव सँगै द म्वाई अफ नेपालको यो पाँचौ संस्करणमा अभियानको सम्पूर्ण अवधी भरी मेरो निम्ति देश तथा विदेशमा अनवरत अभियान मार्फत सहयोग गर्नु हुने तपाईं तमाम सहृदयी एवं सम्मानित व्यक्ति, संघ संस्थाहरु प्रती नमन ।

साथै सोलुखुम्बुबासी र विशेष गरि थुलुङ दुधकोशी गाउँपालिका र पालिकाका अध्यक्ष जस्ले गीत, संगीत, साहित्य सँगै कलाको संरक्षण र संवर्धनको निम्ति हरतरह पहाड बनेर उभिदिनु हुन्छ, सँगै अन्य स्थानिय तह प्रती हार्दिक नमनसहित आभार व्यक्त गर्दछु ।

तपाईंले म प्रती राख्नु भएको विश्वास र तपाईंको गरिमालाई शिरोपर गरिरहने प्रतिबद्धता सहित । धन्यवाद

लेखक : कुमार ‘प्रयास’ राई,  द भोइस अफ नेपाल सिजन ५ का सेकेन्ड रनरअप  ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया