फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्तालाई उन्मुक्ति दिइँदा दोस्रो वा तेस्रो व्यक्तिबाट जग्गा किन्ने व्यापारिक घरानाहरुलाई भने अभियुक्त बनाइएको छ । करोडौं रुपैयाँ बैंकबाट ऋण लिएर जग्गा किनेका चर्चित व्यवसायिक घरानाहरुसँग अर्बमा बिगो माग गरिएको छ ।
जिल्ला सरकारी वकिलले मुद्दा चलाएका २८९ जनामध्ये करिब डेढ दर्जन व्यक्ति त व्यापारिक घरानाका छन् । तर, तीमध्ये मीनबहादुर गुरुङबाहेक अधिकांश फरार सूचीमा छन् । ललिता निवासको १४३ रोपनीभन्दा बढी जमिन हिनामिना गरेको आरोप लागेकाहरुलाई अर्बौंको बिगो दाबी गरिएको छ ।
ललिता निवास प्रकरणमा बिगो दाबी गरिएको व्यापारिक घराना भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित उनको परिवार नै मुछिएको छ । यद्यपि, उनीमात्र पक्राउ परे भने परिवारका अन्य सदस्यलाई फरार सूचीमा राखिएको छ ।- सुवर्णशमशेरमा हस्तान्तरण भयो । अहिले सोही जग्गा विवाद चर्चामा छ ।
मीनबहादुरले सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेको आरोप छ । उनलाई ४ अर्ब ९१ करोड ८१ लाख २४ हजार ६४६ रुपैयाँ बिगो बराबरको सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेको आरोप छ ।
मिन बहादुरको श्रीमति र छोरीसहित श्रवणकुमार गोयल, शिवरतन सारडा, कैलाशचन्द्र गोयलकी श्रीमती निर्मलादेवी गोयल, मीनबहादुर गुरुङका भाइ पहलमान गुरुङकी श्रीमती सरला गुरुङ, चर्चित व्यवसायी सुहृद घिमिरेले श्रीमती रेखा घिमिरे, नविन खेतानकी श्रीमती सीपिका खेतान, सुमितकुमार वंशलकी श्रीमती देवान्सी गोयल, डिम्पल वंशल, देवान्सी गोयल, गोविन्दलाल सांघाइ, मनोजकुमार केडियामाथि उक्त बिगो दावी जिल्ला सरकारी वकिलले गरेको छ ।
१९८६ देखि १९८९ सालसम्म प्रधानमन्त्री बनेका श्री ३ भीमशमशेरले किनेको र पछि यो जग्गा उनका शाखासन्तानमा हस्तान्तरण हुँदै आएको देखिन्छ । बालुवाटारको २९९ रोपनी ९ आना जग्गा र त्यहाँ निर्मित दरबार नै ‘ललिता निवास’ हो ।
मालपोतको अभिलेखअनुसार उक्त जग्गा भीमशमशेरले १९८८ सालमा खरिद गरेको देखिन्छ । राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २८७ रोपनी ५ आना जग्गा लालमोहर लागेको थियो । पछि हाल साबिक गर्दा २९९ रोपनी ९ आना देखियो । ललिता निवास भीमशमशेरले छोरा हिरण्यशमशेरलाई अंश दिए । पछि हिरण्यशमशेरबाट उनका छोरा सुवर्णशमशेरमा हस्तान्तरण भयो । अहिले सोही जग्गा विवाद चर्चामा छ ।
नेपाल प्रेसबाट
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो