मलेसियामा जारी महिला टि–२० विश्वपको एसियाली छनौटको सेमिफाइनलमा प्रवेश, सेमिफाइनलमा थाइल्याण्डसँग प्रतिष्पर्धा गर्नुपर्ने

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल न्युज डेक्स

इटहरी । मलेसियामा जारी महिला टी–२० विश्वकपको एसियाली छनोटको सेमिफाइनलमा नेपालले बलियो टोली थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार भएको खेलमा हङकङलाई ४३ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो ।

यता यूएईसँगको खेल रद्द भएका कारण अंक बाँडेर नेपाल समूहको उपविजेता बनेको छ । समान अंक भएको यूएईसँग नेटरनरेटमा पछाडि रहेपनि नेपाल उपविजेता हुँदै अर्को समूहको विजेता थाइल्यान्डसँग भिड्नुपर्ने भएको हो । सेमिफाइनल जित्ने दुवै टोली महिला विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् ।

नेपालले हालसम्म विश्वस्तरको छनोट खेलेको छैन । थाइल्यान्डले भने सन् २०२० को विश्वकप नै खेलेको थियो । सन् २०१२ यता लगातार एसिया कप पनि खेल्दै आएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया