नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका खाण जेलमुक्त हुने

फाष्ट मिडिया नेपाल संवाददाता

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता बालकृष्ण खाण आजै छुट्ने भएका छन्।

बिहीबार उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा रहेका खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी आज छुट्ने भएका हुन्।

उनले जिल्ला अदालत काठमाडौँमा ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाइसकेका छन्। अदालतबाट उनलाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएको छ। विभागमा उनले १५ लाख रुपैयाँ धरौटी बुझाएका छन्। विभागपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराइँदै छ। आवश्यक प्रक्रिया पूरा गरेर उनी अख्तियारबाट सिधै घर फर्किने छन्। उनीमाथि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले पनि अनुसन्धान गरिरहेको छ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया