लामो समयदेखि प्रहरीको खोजीमा रहेका कथित बालतपस्वी बम्जन पक्राउ

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् ।

बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । बम्जनको आश्रमबाट आनीसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो । बम्जनमाथि बलात्कार गरेको तथा केहीलाई बेपत्ता पारेको आरोप लागेपछि सीआइबीले लामो समयदेखि खोजी गरिरहेको थियो। बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई वेपत्ता पारेको आरोप छ । सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरी छ ।

पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो । बाराको हलखोरिया जंगलमा तपस्या गरेपछि उनी चर्चामा आएका थिए। पछि उनी विवादमा फसेका थिए। 







फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया