आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले १२ वटा राजनीतिक दललाई दर्ता गरी तिनलाई निर्वाचनचिह्न प्रदान गरेको छ ।
नेपालको संविधानको धारा, २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम ती दल दर्ता भएका हुन् । दर्ता भएका दलहरुका लागि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतका आधारमा क्रम निर्धारण गरी निर्वाचनचिह्न प्रदान गरिएको हो ।
आयोगले निर्धारण गरेको क्रमअनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)लाई सूर्य, नेपाली कांग्रेसलाई रूख, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो, जनता समाजवादी पार्टीलाई नेपाल ढल्केको छाता प्रदान गरेको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
२ पुस २०८०, सोमबार ०८:१९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो