दमक । नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पस इकाइ समितिको नयाँ नेतृत्व चयन भएको छ ।
संघको सोमबार सम्पन्न १३ औं इकाई अधिबेशनले सुनिल हाताचुको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
२७ सदस्यीय सर्वसम्मत निर्वाचित समितिको द्धय उपसभापतिमा सविन गौतम, रञ्जित राजवंशी, सचिवमा सञ्जय राई, मदन भट्टराई, सहसचिवमा सुमन बाँस्कोटा, सुजनजंग कुँवर,कोषाध्यक्षमा तेरिफ गुरागाई र सह–कोषाध्यक्षमा सौभाग्य कन्दङवा चुनिएका छन् ।
यसैगरि सदस्यहरुमा कृति राई, रोशन गड्तौला, सुदिप सम्बाहाम्फे, निमेश लावती, रोजिना गुरुङ,दिप्सन राई, जयप्रकाश साह, इसान बुढाथोकी,प्रशुन कुँवर, सोजल खम्बु राई,अशिम पौडेल, विष्णु थापा, अमर खड्का ,सुगम केरुङ,उज्जवल राई, सुमन कुमाल र रश्मी उप्रेति चुनिएका छन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा पार्टीकी कोशी प्रदेश समितिकी सदस्य चन्द्रा खड्का, भूमि राई, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी,नेविसंघ झापाका सभापति सञ्जय निरौला,कांग्रेस प्रदेश (ख) का सभापति रवि केसी लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो