गाइजात्रेका अवसरमा आज इटहरीमा सार्वजनिक बिदा

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । इटहरी उपमहानगरपालिकाले मंगलबार सार्वजनिक आज बिदा दिने निर्णय गरेको छ ।

गाईजात्राको अवसरमा भदौ ४ गते मंगलबार पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाईजात्रा पर्वको अवसरमा उपमहानगरले आफ्नो पालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।

सूचनाअनुसार नेवार समुदायले मनाउने गाईजात्रा महत्त्वपूर्ण पर्व रहेकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । यहाँका नेवार समुदायको सम्मानको लागि स्थानीय बिदा दिने उपमहानगरले जनाएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया