इहरी । नेपाली ख्रीष्टियान नागरिक संघले समाज एवं ख्रीष्टियान समुदायको उथानका लागि विभिन्न तवरले योगदान पुर्याएका तीन जना व्यक्तिलाई सम्मान गरेको छ ।
संघको ९वौं वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रमकाबीच तीन जनालाई सम्मान पत्रसहित दौसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा असहाय तथा अनाथ बालबालिकाहरुको साहारा बनिरहेको लड्स होम नेपालका संस्थापक कुशल घले, नेपाली ख्रीष्टियान नागरिक संघका प्रवक्ता एवं संस्थापक अध्यक्ष टीकाराम आचार्य र संघका संरक्षण समिति प्रमुख तिमोथी सिन्हा रहेका छन् ।
घलेलाई समाजमा रहेको विभिन्न विसंगतिको विरुद्ध आवाज उठाउनका साथै मानव अधिकारको पक्षमा वकालत गर्दै पिछडिएका तथा असहाय व्यक्तिहरुलाई सहायता पुर्याएको भन्दै संघले सम्मान गरेको हो । त्यस्तै आचार्य र सिन्हालाई नेपाली ख्रीष्टियानहरुको अधिकार प्राप्ति एवं उथानका लागि निरन्तर अग्रसर रहेको भन्दै सम्मान गरिएको हो ।
बेलबारी नगरप्रमुख दिल प्रसाद राईको प्रमुख आतिथ्यतामा सम्मन्न कार्यक्रममा संघका अध्यक्ष हरि थापा मगरले प्रत्येक नागरिकले आफ्नो देशको हितको लागि काम गर्नुपर्ने र सकेको योगदान पुर्याउनु पर्ने बताए । समाजमा रहेका सबै भाषाभाषी, धर्म, संस्कृति मान्ने समुदाय, एकतामा रहेर बस्नुपर्ने र राष्ट्रको उन्नतिमा जोड दिनुपर्ने बताए । त्यस्तै संघले नेपालमा रहेका नेपाली ख्रीष्टियानहरुको हक अधिकारको रक्षा, मानव अधिकारको पक्षमा वकालत गर्दै सभ्य र उन्नत समाज निर्माणमा योगदान पुर्याउदै आएको अध्यक्ष मगरले बताए ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो