काठमाडौं । रोल्पाको तालाबाङमा सोमबार भएको जीप दुर्घटनामा सात जनाको निधन भएको छ । रोल्पाको घर्तीगाउँबाट तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप घर्तीगाउँ(तालाबाङ सडक खण्डअन्तर्गत पर्ने परेवा छहरा नजिक दुर्घटनामा परेको हो । जिप सडकभन्दा ४ सय मिटर तल खसेको बताइएको छ ।
दुर्घटनामा परेर मृत्यु हुनेमा तालावाङका ३३ वर्षीया जुनमाया खड्का, दाबाङकी ३० वर्षीया अमृता घर्ती र उनकी नाबालक छोरी, राङ्सीकी ३३ वर्षीया रामकली पुन, सोही स्थानका ७० वर्षीय झुपलाल डाँगी, तालावाङका ७७ वर्षीय खडकबहादुर डाँगी, र पहिचान हुन नसकेका अर्का एक जना रहेका छन् ।
सडकमा पहिले नै झरेर थुप्रिएको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जीप दुर्घटनामा परेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
१९ असार २०८१, मङ्गलबार ०९:२४ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो