फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । नेपालमा भ्रष्टाचार मौलाएको धेरै भएको छैन । जब प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास गर्ने वहानामा देशको राज्य ढिकुटी रित्याउने खेल राजनीतिक दलका नेता, कार्यकर्ताबाटै हुँदै आयो जसलाई आज प्रमाणित भएको छ । तलदेखि माथि सम्मका राजनीतिक दलका कार्यकर्ताले सेटिङको भरमा जनताको करबाट जम्मा भएको र विदेशबाट भिख मागेर ल्याएको रकमको दोहन गर्दै आइरहेको अहिले एउटा अदालतले पुष्टि गरिदियो । त्यो पुष्टि गर्न पनि त्यति सजिलो थिएन अनेकन फर्जी कागज बनाएर उनीहरु उम्कने चेष्टा गरेका प्रमाण पनि छिपेका छैनन् । तथापि पुर्पक्षकै लागि भए पनि जेल पठाउन न्यायधीस प्रेम प्रसाद न्यौपाने सफल भएका छन् । अदालतप्रतिको वितृष्णा र अविश्वासको खाडललाई प्रेमप्रसाद जस्ता न्यायधिशले पुर्न खोज्छन् तर अदालतभित्रै प्रधानन्यायधिस समेत पार्टीको टिकट लिएर कुर्सीमा आसिन भए पछि त्यो न्याय मर्छ र पीडकले उन्मुक्ति पाउने र पिडित सँधै पिडितै रहने अवस्था अद्यावधिक कायमै देखिन्छ । कथंकदाचित यि हाइप्रोफाइलका मानिसहरुलाई जेल सजाय नै दिइयो भने पनि भोलिका दिनमा सरकारले दिने आम माफिमा तिनै अग्रपंक्तिमा देखिएर जेल छट्न सक्ने अहिलेसम्मको सरकारका गतिविधिले देखाएकै छ । उनीहरुलाई न इज्जत, न प्रतिष्ठा, राष्ट्रियता त उनीहरुको लगौटी हो जसलाई जता प्रयोग गरे पनि हुने यस्ता नेताको कारणले नेपाल ठूलै दलदलमा फसिसकेको छ तथापि हिजो भएको निर्णयले पनि आम नेपालीलाई थप उत्साहित चाहि पक्कै बनाएको छ ।
जिल्ला अदालत काठमाडौंमा नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । शुक्रबार जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि रायमाझी, खाँण र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई जेल चलानको आदेश दिएको हो ।
साथै अदालतले लक्ष्मी महर्जनसहित दुई जनालाइै भने धरौटीमा छोड्न आदेश दिएको छ । अभियुक्तमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज समितिका अध्यक्ष समशेर मियाँसहित १६ र मुद्दा दायर भएपछि नियन्त्रणमा लिइएका २ जना हाल न्यायिक हिरासतमा छन् भने यो कसुरमा अरू १२ जना फरार छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, संगठित अपराध, किर्ते र राज्यबिरुद्धको अपराध कसुरमा कैद, बिगो र जरिवाना मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो । अब कुद्दाको छिनोफानो नहुन्जेलसम्मका लागि १६ जना कारागारमै रहेन छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो