पाठकको पुर्पुरो : वि.सं. २०८० आषाढ १४ गते (तद्अनुसार सन् २०२३ जुन २९ तारिख) विहीबार आषाढ शुक्ल पक्षको एकादशी तिथि । हरिसयनी एकादशी व्रत, तुलसी रोप्ने, चतुर्मास व्रत सुरु ।

खगेन्द्र कार्की

मेष – अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुने समय छ । पारिवारिक सुख प्राप्त होला । आत्मबल बढ्नेछ । शत्रु र रोग पन्छिएर जालान् । अध्ययन-अध्यापनका लागि भने समय अनुकुल छैन । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । मित्रवर्गको साथ मिल्नुका साथै नयाँ सम्भावना देखापर्नेछ ।

वृष – आजको दिन आकस्मिक रुपले सफलता वा असफलता मिल्ने योग रहेको छ । आर्थिक कारोबार लाभदायी हुनेछ भने अधुरा कामहरु पनि बन्नेछन् । नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । साहस वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – समय खासै राम्रो नभएकोले अनावस्यक डर, वादविवाद हुन सक्ने देखिन्छ । गरेका कामहरु अधुरा रहनेछन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कसैसँग सामान्य वादविवाद तथा झैझगडाको सम्भावना छ । सावधान रहनुहोला । यसका बाबजुद प्रेमभाव बढ्नेछ, रसरागमा आकर्षण रहला । कार्यगति वृद्धि हुनेछ । बढी मिहिनेतले काम बन्नेछ ।

कर्कट – व्यस्तता वृद्धि हुनेछ । व्यवहारिक समस्याले सताउन सक्ने समय छ । घर परिवारमा खटपट भइ कामहरु अधुरै रहन सक्छन् । अनावश्यक डर देखाउनेहरू सक्रिय रहलान्, तर ढडस दिनेहरू पनि अगाडि आउलान् । प्रशस्त आर्थिक कारोबार होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने र यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आजको दिन दिन रमाइलोको साथ बित्नेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम होला । अधुरा कामहरु पूरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । काममा सफलता प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – आजको दिन कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ । मित्रजनको परामर्शले धनलाभको बाटो पत्ता लाग्ने योग छ । दायित्व बढ्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – मान सम्मानको अवस्था कायम रहने समय भएपनि स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने देखिन्छ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइएला । आर्थिक हानी हुने सम्भावना रहेकोले महत्वपूर्ण आर्थिक कारोबार थाती राख्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । बोली र व्यक्तित्वको प्रभावले काम निकाल्न सकिनेछ ।

वृश्चिक – शुभता वृद्धि हुने समय छ । जाँगर बढ्नुका साथै आफन्तले पनि सहयोग गर्नाले रोकिएका कामहरु बन्न थाल्नेछन् । प्रयासअनुसारको कार्य हुनुका साथै आइपरेका समस्याको समाधान हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने आत्मीयजनसँगको भेटले मन रमाउने छ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि होला । कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु – दायित्व र साहस बढ्नेछ । व्यवसायमा लगानी गर्दा फाइदा हुने समय छ । समस्याहरु आफै किनारा लाग्नेछन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रमभन्दा परिणाममा बढोत्तरीको अनुभव हुनेछ । अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना छ । यात्राको योग पनि छ । मित्रजनको सहयोग र समर्थन प्राप्ति हुनेछ ।

मकर – मित्रवर्ग एवम् घरपरिवारबाट सुख शान्ति मिल्नेछ । यात्राको लागि उचित समय रहेको देखिन्छ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । परिवारमा हल्का विवाद हुनसक्ने योग छ । रसराग तथा प्रेम–सन्दर्भमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – सोचेआनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । बढी खर्चले गर्दा मन अशान्त रहला । स्वास्थ्यमा पनि सामान्य समस्या पर्न सक्छ । यसका बाबजुद देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – मिश्रित परिणाम दिने खालको समय छ । दौडधुप बढ्नेछ । आज त्यसै-त्यसै समय अलमलमा गुज्रने र, काममा मन नजान सक्छ । तथापि, आँटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ । बिग्रेको प्रेम प्रसङ्गले सुधारको बाटो लिएपनि यसबारेको मानसिक तनाव कायमै रहन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला । समस्याको समाधान प्राप्त हुनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया