दमकमा तेजस् डेन्टल क्लिनिक सञ्चालनमा

फाष्ट मिडिया नेपाल संवाददाता

दमक दाँत तथा मुखसम्बन्धी विशेषज्ञ उपचार सेवा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यसहित झापाको दमकमा तेजस् डेन्टल क्लिनिक सञ्चालनमा आएको छ। दमक बेलडाँगी रोडस्थित केडी कम्प्लेक्सको ग्राउण्ड फ्लोरमा स्थापना गरिएको क्लिनिकले आजदेखि औपचारिक रूपमा सेवा सुरु गरेको हो।

क्लिनिकका सञ्चालक कमल गैरेको अध्यक्षतामा आयोजित कार्यक्रममा दमक नगर प्रमुख रामकुमार थापाको उपस्थितिमा क्लिनिकको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा नगर प्रमुख थापाले दमकमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी, गुणस्तरीय सेवामुखी बनाउन आवश्यक रहेको बताए। स्थानीयस्तरमै विशेषज्ञ सेवा विस्तार हुँदा नागरिकलाई सहज हुने उनको भनाइ थियो।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले व्यवसायीको हित अधिकार संरक्षणका लागि संघले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको बताए। उनले सबै व्यवसायीलाई उद्योग वाणिज्य संघमा आबद्ध हुन तथा व्यवसायलाई आन्तरिक राजस्व कार्यालयमा विधिवत् दर्ता गर्न आग्रह गरे।

क्लिनिकका सञ्चालक गैरेले दमकमा दन्त उपचारसम्बन्धी रहेका भ्रम समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले तेजस् डेन्टल क्लिनिक सञ्चालनमा ल्याइएको बताए। दाँतको उपचार अत्यन्तै महँगो हुन्छ भन्ने बुझाइलाई व्यवहारबाटै गलत सावित गर्न तथा जटिल दन्त उपचारका लागि टाढा जानुपर्ने बाध्यता घटाउन क्लिनिक स्थापना गरिएको उनले बताए।

उनका अनुसार क्लिनिकले उपचार सेवासँगै सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। विभिन्न संघसंस्था तथा समूहसँग वार्षिक सम्झौता गरी उपचार शुल्कमा सहुलियतसहित सेवा उपलब्ध गराउने तयारीसमेत भइरहेको गैरेले जानकारी दिए।

तेजस् डेन्टल क्लिनिकमा दाँत तथा मुखसम्बन्धी परीक्षण उपचारका साथै विशेषज्ञ चिकित्सकमार्फत अर्थोडोन्टिक्स, दाँत भर्ने, जरादेखि उपचार, दाँत निकाल्ने, इम्प्लान्ट, कृत्रिम दाँत तथा मुखसम्बन्धी शल्यक्रियालगायतका सेवा उपलब्ध हुने जनाइएको छ।

क्लिनिकले सेवाग्राहीलाई सहज सर्वसुलभ रूपमा उपचार सेवा उपलब्ध गराउने जनाएको छ। क्लिनिक बिहान बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ।

क्लिनिकमा विशेषज्ञ चिकित्सक डा. रमण ढुंगेल, डा. मोलिका श्रेष्ठ, डा. टंक न्यौपाने, डा. कमल श्रेष्ठ, डा. सायारा ढकाल डा. सुरज शाहले सेवा दिने जनाइएको छ।

 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया