धनगढी नगरपालिकाबाट १ सय ९० ज्येष्ठ नागरिक मुक्तिनाथ लगायतको तिर्थयात्रामा, नगरप्रमुखले गरे बिदाई

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं। कैलालीको धनगढी नगरपालिकाले गतवर्ष झै यस वर्ष पनि १ सय ९० ज्येष्ठ नागरिकलाई मुक्तिनाथ लगायतका धार्मिक तिर्थस्थलको यात्रामा आइतबार पठाएको छ । पाँचवटा एसी बसमा तीर्थालुहरूलाई खादा, टीका र टेक्ने लौरोसमेत प्रदान गरेर नगरपालिकाका नगरप्रमुख गोपाल हमालले बिदाई गरेका थिए । गत वर्ष पनि धनगढी उपमहानगरपालिकाले एक सय २२ जेष्ठ नागरिकलाई मुक्तिनाथ यात्रामा पठाएको थियो । ज्येष्ठ नागरिकको तीर्थयात्रामा लाग्ने यातायातसहित सम्पूर्ण खर्च उपमहानगरको रहेको छ ।

ज्येष्ठ नागरिकलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छ भन्ने भावनाको विकास गर्न उनीहरुलाई तीर्थयात्रामा पठाइएको नगर प्रमुख हमालले बताए । ‘स्थानीय तहले ज्येष्ठ नागरिकलाई गरेको यो एकप्रकारको सम्मान हो,’नगर प्रमुख हमालले भने, ‘उहाँहरूलाई पनि आफ्नो जीवनको उत्तरार्द्धमा स्थानीय सरकारले हेर्‍यो भन्ने हुन्छ ।’

नगरप्रमुख हमालले जेष्ठ नागरिकलाई मुक्तिनाथलगायतका धार्मिक स्थलमा यात्रा गराउँदा धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेपा पुग्ने बताए । नगरप्रमुख हमालले उपमहानगरले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै ‘ज्येष्ठ नागरिकलाई तीर्थयात्रा’ कार्यक्रम समावेश गरेका थिए ।

आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । उपमहानगरले पाँचवटा बस भाडामा लिएर वृद्धवृद्धालाई धार्मिक यात्रामा पठाएको हो ।

ज्येष्ठ नागरिक सवार प्रत्येक बसमा एकरएक जना स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ । उपमहानगरले तीर्थयात्रामा गएका नागरिकलाई मुक्तिनाथसहित कागवेनी, पोखरा, देवघाट र नवलपरासीको कैवल्यधामको भ्रमण गराइने नगर प्रमुख हमालले बताए । उनले वृद्धवृद्धहरूको सम्मानमा उपमहानगरले हरेक वर्ष मुक्तिनाथ दर्शन गराउने बताए ।


खगेन्द्र कार्की
प्रतिक्रिया