आज इस्लाम धर्मवलम्बीको दोस्रो ठूलो पवित्र पर्व बकर इद देशभर निष्ठा र भक्तिका साथ हर्षोल्लासपूर्वक मनाइँदै

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

ईस्लाम धर्मावलम्बीहरुको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदहरुमा हर्षोल्लासपूर्वक मनाइँदैछ।

ईस्लाम धर्ममा इदुल फित्र अर्थात् रमजानको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक चलन रहिआएको छ। इस्लामिक धार्मिक पात्रो अनुसार हिजरी संवतको १२ औँ महिना -दिल हिज्जा_ को १० औँ दिन यो पर्व मनाउने गरिन्छ। यो पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

आजको दिन ईस्लाम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्दछन्। नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरि यो पर्व मनाइन्छ। आजकै दिन साउदी अरेबियाको मक्का र मदिनामा हज गर्न बिश्वभरका ईस्लाम धर्मावलम्बीहरु पुग्ने गर्दछन्।


खगेन्द्र कार्की
प्रतिक्रिया