मेष – आजको दिन लेनदेनको समस्याले सताउन सक्छ । ब्यापारमा पनि घाटा पर्न सक्छ । सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा आज विशेष सावधान रहनु हितकर होला । यात्रामा सफलता प्राप्त हुनेछ भने मित्रजनको साथ प्राप्त हुनेछ । वर्चश्व वृद्धि होला ।
वृष – दिन शुभदायी छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ भने मित्रजनले प्रशंसा गर्नेछन् । विरोधिहरू नै प्रशंसक बन्नेछन् । गलत लेनदेनमा समस्या आउन सक्छ, सचेत रहनुहोस् । व्यस्तता वृद्धि हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ । मानप्राप्तिको योग छ ।
मिथुन – अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धनलाभ होला । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्छ । पराक्रम बढनुको साथै अधुरा काम बन्नेछ । पराक्रम बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ला । कार्यगति वृद्धि हुनेछ ।
कर्कट – रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ । कार्यबोझ भने बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
सिंह – अन्य कोणबाट समय राम्रो भएपनि आज खर्च र विवाद बढ्न सक्छ । शत्रुले सताउने योग छ, सावधान रहनुहोला । आरोग्यबल बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्ला । रसरागको भाव वृद्धि हुनेछ ।
कन्या – भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । विभिन्न अवसरले पछ्याउनेछन् । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । प्रेमसम्बन्ध बलियो रहनेछ । आफन्तजनको उचित सहयोग मिल्ला । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
तुला – धन मान पाउने योग छ । गरेको कामबाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने सम्भावना छ । अरुको विश्वास जित्न सजिलै सकिनेछ । आयबल बढ्नेछ । मान सम्मान वृद्धि एवम् मिठो भोजन खान पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – फुर्सदिलो समयको अनुभूति होला । अनुकूल यात्राको सम्भावना छ । यात्रामा विशेष लाभको योग छ । दिन सामान्य नै छ । कर्मबल बढ्नेछ । सकारात्मक कामले सार्थकता पाउला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
धनु – आजको दिन त्यति शुभदायी नरहन सक्छ । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । आर्थिक समस्याले सताउने र लेनदेनमा विवाद हुने योग छ । पढाइलेखाइमा ध्यान दिन नसकिएला । आरोग्यता बढ्नेछ । मित्रजनको सहयोग-समर्थन प्राप्त हुनेछ ।
मकर – दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ भने अरुको काममा ज्यादा समय बिताउनुपर्ला । तथापि, नोकरी तथा राजनीतिमा सम्मान पाउने योग छ । रसराग प्रेममा सफलता मिल्नेछ । जोखिम बढ्ने समय छ ।
कुम्भ – विरोधिले पनि प्रशंसा गर्ने समय छ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धन कसिलो होला । धनलाभको योग छ । सम्मान-प्रतिष्ठामा वृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । समस्याको समाधान मिल्नेछ । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।
मीन – भाग्य बलियो छ । परिश्रमले धेरै काम बन्नेछ भने आज धनलाभको योग छ । मनोरञ्जनका साथ दिन बित्नेछ । मित्रजनको साथ-सहयोग मिल्नेछ । आरोग्यता र सामर्थ्य बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो