स्ववियु निर्वाचन प्रयोजनका लागि नेपाल ल क्याम्पसमा १४ विद्यार्थी संगठन दर्ता

खगेन्द्र कार्की



फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

काठमाडौं । आगामी चैत ५ गते हुने स्ववियुको निर्वाचनमा नेपाल ल क्याम्पस अन्तर्गत १४ विद्यार्थी संगठन दर्ता भएका  छन्। नेपालको एक मात्र कानुन विषय पठन पाठन हुने नेपाल ल क्याम्पसमा मात्र १४ विद्यार्थी संगठन दर्ता भएको छ। दर्ता गर्नेमा अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, नेपाल क्रान्तिकारी विद्यार्थी संघ लगायत १४ वटा विद्यार्थी संगठनले स्ववियुको निर्वाचनमा भाग लिनका लागि दर्ता गरेका हुन्। अनेरास्ववियुले भने सबै भन्दा पहिले दर्ता गरेको छ।


हाल सम्म भएका सबै स्ववियु निर्वाचनमा अनेरास्ववियु कहिल्यै पराजित छैन,अनेरास्ववियुले यसलाई आफ्नो प्रतिष्ठाको विषय पनि बनाइरहेको छ भने आफ्नो लोकप्रियताको परिणाम हो भन्ने पुष्टि गरेको छ।

विभिन्न समयमा विभिन्न तयारी कक्षाहरु मार्फत पनि विद्यार्थीको हितको पक्षमा अनेरास्ववियु सधै कृयाशिल रहेको छ। बार तयारी कक्षा, एलएलएम, एलएलबी, प्रवेश परिक्षा तयारी कक्षा एल.एल.बी प्रवेश परीक्षा तयारी कक्षा तथा बीएएल एलबी प्रवेश परिक्षा तयारी कक्षा जस्ता कक्षाहरु प्रत्येक वर्ष निःशुल्क रूपमा सन्चालन गर्ने गरेको छ। जसले विद्यार्थीलाई आफ्नो करियर बनाउन सहजता सिर्जना गर्ने गरेको अनेरास्ववियु  नेपाल ल क्याम्पस कमिटी बिएएल एलबी विभागका अध्यक्ष समीर रिजालले बताएका छन्। उनले अनेरास्ववियु विभिन्न सांस्कृतिक पर्वहरुको अवसरमा विभिन्न सास्कृतिक कार्यक्रमहरु र अन्य खेलकुद प्रतियोगिताहरु पनि आयोजना गर्ने गरेको बताएका छन्। 

खगेन्द्र कार्की
प्रतिक्रिया